अमेरिकावासी नेपालीलाई मेरो विशेष अपिल : राम सी पोखरेल एनआरएन अमेरिका अध्यक्षको उमेदवार


अमेरिकावासी नेपालीलाई मेरो विशेष अपिल : राम सी पोखरेल एनआरएन अमेरिका अध्यक्षको उमेदवार
अमेरिकावासी नेपालीलाई मेरो विशेष अपिल 
 
आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र  साथीहरू,
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रति देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासका लागी सर्वप्रथम म तपाँइहरु प्रती हृदयदेखि नै आभार व्यक्त गर्दछु । त्यही सदभाव , माया र विश्वास फेरिपनि मलाइ प्राप्त हुने अपेक्षा र समाजसेवामा थप सक्रिय हुने दृढ–संकल्प सहित यसपटकको एन आरएन अमेरिकाको निर्वाचनमा मैले अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको हुँ । 
 
यसअघि प्राप्त तपाँइहरुकै सदभाव, माया र  विश्वासले मैले एनआरएन अमेरिकाको  उपाध्यक्षको भूमिका निर्वाह गर्ने मौका पाएँ । यो मौका दिनु भएकोमा तपाँइहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। एनआरएन अमेरिकाको अहिलेसम्मको कार्यशैली, यसको साँगठनीक ढाँचा, संयन्त्र र पदीय हैसियत अनुसार एउटा उपाध्यक्षका रूपमा  मैले जे जति गर्न सक्थ्यें, त्यो मैले इमान्दारीपर्वुक गरेँ जस्तो मलाइ लाग्छ । हो, कतिपय कामहरू मैले मात्र चाहेर पुरा  गर्न सक्दैनथ्यें , सकिएन , तर मैले  कहिल्यैपनि आफ्नो इमान्दार प्रयासलाई कम हुन दिइन । यो अवधिमा मैले जे जस्तो जिम्मेवारी पाएँ, त्यो जिम्मेवारी सफतलापुर्वक सम्पन्न गरेको छु ।
 
कसरी आफना उद्देश्य र लक्ष्य प्राप्त गर्न सकिन्छ रु र त्यसका बाधक के हुन भन्ने गहिरो अनुभव लिएर यसपटक म अध्यक्षको उमेदवार बनेको छु । 
 
मेरो  उमेदवारी अमेरिकाका सबै नेपालीका लागी र  मातृभूमि – नेपालका लागी हो । नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने , त्यो साइनोलाइ थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तिका रूपमा स्थापित गर्ने मेरो एउटा मात्र उद्देश्य हो । 
 
यो उद्देश्य प्राप्तीकालागी मलाइ बिकाशोन्मुख देशहरूमा  राजनैतिक निर्वाचनमा अपनाइने जस्तो  हतकण्डा अपनाउनु छैन । मेरा आफना एजेण्डाहरु छन् । र, ती एजेण्डाहरुलाइ कसरी पुरा गर्ने भन्ने मेरा आफना खाकाहरु छन् । मेरा एजेण्डा र खाकामा तपाँइहरुकापनि एजेण्डा र खाका मिसाएर  बलियो एनआरएन अमेरिका बनाउने मेरो चाहना छ ।
 
व्यक्ति बलियो भए  समाज र समाज बलियो भए राष्ट्र बलियो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरोपनि ठुलो  विश्वास छ । यही विश्वासका आधारमा मैले  एजेण्डाहरु तय गरेको छु ।  हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायित्व  एउटा होइन , दुईवटा राष्ट्रसँग जोडिएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र पछि जो जोले जितेपनि हामीसँग  कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ । 
 
यहाँनेर म एउटा कुरा स्पष्ट पार्न चाहन्छु– म समाज र व्यक्ति  बिभाजनकालागी उमेदवार भएको होइन । समाज र देश जोडन र बलियो बनाउनका लागी उमेदवार भएको हुँ । यसमा तपाँइहरु सबैको साथ सहयोगकालागी बिनम्र अनुरोध गर्दछु । 
 
अन्त्यमा , संक्षेपमा मेरा केही एजेण्डाहरु उल्लेख गर्न चाहन्छु ।  
 
एजेण्डाहरु :-
–  आप्रवासी नेपालीहरूको हर–प्रकारको सहयोगकालागी एनआरएन अमेरिका अन्तर्गत एउटा छुटटै सक्रिय संयन्त्र स्थापना गर्ने । 
 
– एनआरएन अमेरिकाका सम्पूर्ण सदस्यहरूको दैनिक जीवनमा  कुनै न कुनै हिसाबले फाइदा पुग्ने खालका सहुलियत कार्यक्रमहरू परिचयपत्रसहित लागु गर्ने ।  
 
– नव आगन्तुक आप्रवासीहरुकालागी तत्काल आवश्यक पर्ने आधारभूत सहयोग र सल्लाहकालागी एउटा ‘फोकल प्वाइन्ट’बनाउने । 
 
– एनआरएन अमेरिकाका स्टेट च्याप्टरहरुलाइ  विशेष अधिकार प्रदान गर्दै  अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्धलाई तीव्रता दिने । खास गरी , अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्ध बिस्तार गर्न एउटा छुटटै ‘टिम’ बनाउने । 
 
– स्थानीय तहका विभिन्न नेपाली संघ–संस्था र एनआरएन अमेरिकाबिचको सहकार्यलाइ प्रभावकारी रूपमा अगाडी बढाउने । 
 
– अप्रावासी नेपालीमाथी आइपर्ने आकस्मिक संकटहरुको सामना गर्न एउटा ‘आपत्कालीन कोषलाइ अझ थप प्रभावकारी बनाउने ।  
 
– नेपाली भाषा–सँस्कृती र कलाको प्रबद्र्धन र जगेर्नाकालागी स्थानीय संघ संस्थाहरुसँग सहकार्यगरी  निश्चित कार्यक्रमहरू बनाउने ।
– अमेरिकामा नेपाली युवाहरूले प्राप्त गरेको विशेष ज्ञान र सिपलाइ थप प्रबद्र्धन गर्न सहयोग  गर्ने । 
 
– एनआरएन अमेरिका मार्फत मातृभूमि नेपालमा हुने  परोपकारी तथा कल्याणकारी कार्यहरुलाइ संस्थागत र थप प्रभावकारी बनाउन एउटा छुटटै संयन्त्र मार्फत काम अगाडी बढाउने । 
 
– एनआरएन अन्तर्राष्ट्रिय समितिमा, एनआरएन अमेरिकाको प्रभावकारी उपस्थितीकालागी आवश्यक पहल गर्ने । 
 
माथि उल्लेखित एजेण्डाहरु कार्यान्वयनका लागी यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा मलाइ मतदान गर्नु हुन यहाँहरु सबैसँग फेरिपनि हार्दिक अनुरोध गर्दछु । 
 
राम सी पोखरेल 
एनआरएन अमेरिका अध्यक्षको उमेदवार ( २०१७ / २०१९)
इमेल : ramcpokhrel@gmail.com
 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top