पोखरादेखि एनआरएन अमेरिकासम्म बनिताको पाईला : आइसीसी सदस्यमा किन दिइन् उम्मेद्वारी (विस्तृत)


पोखरादेखि एनआरएन अमेरिकासम्म बनिताको पाईला : आइसीसी सदस्यमा किन दिइन् उम्मेद्वारी (विस्तृत)

१३ जुलाई, २०१७
क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न चुनावले यतिबेला अमेरिकामा रहेका नेपालीहरुलाई तताएको छ । विभिन्न पदमा उम्मेद्वारी दिनेहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । केही सातापछि हुन लागेको विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा रहेका नेपालीहरुको संस्थामा विभिन्न पदका आकांक्षीहरुले आफ्नो चुनावी घोषणा पत्रहरु सार्वजनिक गर्दै विभिन्न खाले योजनाहरु अघि सारिरहेका छन् । एनआरएनको अध्यक्ष देखि अन्य विभिन्न पदमा उम्मेद्वारी दिएकाहरुले यतिबेला विभिन्न माध्यमबाट आफूलाई मत दिएर विजयी गराउनका लागि अभियान तीव्र बनाएका छन् । यस्तै मध्येकी एक हुनुहुन्छ बनिता कतिला । जसले यसपटक एनआरएन अमेरिकाको अन्र्तराष्ट्रिय समन्वय परिषद्को सदस्यमा उम्मेद्वारी दिनुभएको छ । 
 

को हुन् बनिता ? 
नेपालको पर्यटकीय नगरी पोखरामा जन्मिएकी बनिता विगत ५ वर्षदेखि अमेरिकाको न्यूर्योकस्थित ज्याक्सन हाइटमा बसोबास गर्दै आउनुभएको छ । अमेरिका जानुअघि उहाँले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा निक्कै ठूलो योगदान पु-याउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी बनिताले स्वास्थ्य शिक्षामा स्नातक तथा नर्सिङ्मा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य सेवा विभाग मातहतका विभिन्न स्वास्थ्य सम्बन्धी संघ संस्थामार्फत नेपालका दुर दराजमा पुगेर आम जनताको घाउमा मल्हमपट्टी लगाएको अनुभव संगालेकी बनिताले नेपालस्थित विभिन्न बहुचर्चित आइननजीको समन्वयमा बालबालिकाको स्वास्थ्य, शिक्षालगायतको क्षेत्रमा लामो समयसम्म काम गरिसक्नुभएको छ । उहाँकै विशेष सक्रियतामा कास्कीको पोखरामा बाल तथा महिला शशक्तिकरण समाज स्थापना भएको छ । बनिता सो संस्थाको स्थास्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

विशेषत : महिला अधिकाको रक्षा गर्दै स्वास्थ्य शिक्षाको क्षेत्रमा एनआरएनको माध्यमबाट थप सहयोग गर्ने उद्देश्यले आफूले यसपटक एनआरएन आइसीसीको सदस्य पदमा उम्मेद्वारी दिएको उहाँले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गर्नुभएको छ । अग्रजको योगदानलाई सम्मान गर्दै भोलिका दिनमा विश्वभर रहेका नेपालीहरुबीच एकता र पारस्पारिक सहयोगलाई थप मजबुत बनाउने उद्देश्यले आफूले उम्मेद्वारी दिएको बनिताको भनाई छ ।

चुनावी घोषणपत्रमा बनिताले उल्लेख गर्नुभएको छ –“ सृजनाको आधा आकास उठाने महिलाहरूको प्रतिनिधित्व गर्दै नीरी समानतार र संस्थामा नारी शक्तियों परिचालन गर्ने बिषय हामीले सोचे जस्तो सरल र सहज देखिदैन। नारीको समावेशीकरण र सहकार्य बिना संस्थापकों सर्वागिन बिकास अँधेरो र अपुरो ना रहने कुरामा सायना अतिशयोक्ति होला। आजसम्म संस्थाले न्यूनतम उपलब्धिहरू हीसील गरेता पनि बहुसंख्यक लक्ष्यहरूमा सफलता प्राप्त गर्न अझै धेरै अल्पकालिन र दीर्घकालीन कार्यहरू सम्पन्न गर्नु पर्ने देखिन्छ । संस्थालाई राजनैतिक बिबादहरूबाट मुक्त गरेर बिशुध्द सामाजिक ज़िम्मेदारीको माध्यम बनाउदै बिदेशमा रहेगा नेपालीहरूले भेग्नु परेका समस्यामा केन्द्रित नभएसम्म संस्थाको आबश्यकता हाम्रो जनजीवनमा राम्रोसंग प्रत्याभूत नहुन सक्छ ।”

एनआरएनलाई सबैको साझा संस्थाको रुपमा विकास गराउने तथा एनआरएनले नेपालमा गर्ने परोपकारको योजनालाई ठोस र प्रभावकारी बनाउन आफूले यसपटक आइसीसीको सदस्य पदमा उम्मेद्वारी दिएको उहाँको भनाई छ । आधादर्जन बुँदाहरुमा विशेष ध्यानाकर्षण गराउँदै बनिताले आफ्नो यो अभियानलाइ साकार बनाउन आसन्न चुनावमा आफूलाई एनआरएन आइसीसीको सदस्य पदमा अमूल्य मत दिई विजयी गराउन अमेरिकमा सहेका सबै नेपाली दाजूभाई दिदिबहिनीसँग विशेष अपिल गर्नुभएको छ ।  

यस्तो छ बनिताको चुनावी प्रतिबद्धताहरु संसारको बिभिन्न कुनामा छरिएर बसेको नेपालीहरू बीचको पारस्परिक सम्बन्ध सम्भावनालाई एकीकृत गर्दै एकले अर्कोंलाई सहयोग गर्ने प्रारम्भिक लक्ष्य लिएर स्थापना भएको गैर आवासीय नेपाली संघ(NRNA) झण्डै डेढ़ दशकसम्मको अथकयात्रा पछि नेपालीहरूको बिश्वब्यापीकरंणको मूल पहिचान बनेको छ। यो गौरवगाथामा हज़ारौ नेपाली अग्रजहरूको योगदान एवं। सिर्जनशील भुमिका स्मरणीय छ। यही संदर्भमी ये संस्थालाई अमेरिकीमा प्रजातान्त्रिक मुल्य र मान्यता अनुरूप, संगठनात्मक बिकास गराउनाको अनुभव र नौलौ बिचारहरूको संयोजन गरु ये संस्था मार्फ़त समीजसेवामा समर्पित गराउने निर्णय गरिरहदा मैले वर्तमानमा सामना गर्नु पर्ने चुनौतिहरू पनि स्पष्ट्र देखिरह्छु । त्यसमा पनि सृजनाको आधा आकास उठाने महिलाहरूको प्रतिनिधित्व गर्दैनीरी समानतार र संस्थामा नारी शक्तियों परिचालन गर्ने बिषय हामीले सोचे जस्तो सरल र सहज देखिदैन। नारीको समावेशीकरण र सहकार्य बिना संस्थापकों सर्वागिन बिकास अँधेरो र अपुरो ना रहने कुरामा सायना अतिशयोक्ति होला। आजसम्म संस्थाले न्यूनतम उपलब्धिहरू हीसील गरेता पनि बहुसंख्यक लक्ष्यहरूमा सफलता प्राप्त गर्न अझै धेरै अल्पकालिन र दीर्घकालीन कार्यहरू सम्पन्न गर्नु पर्ने देखिन्छ । संस्थालाई राजनैतिक बिबादहरूबाट मुक्त गरेर बिशुध्द सामाजिक ज़िम्मेदारीको माध्यम बनाउदै बिदेशमा रहेगा नेपालीहरूले भेग्नु परेका समस्यामा केन्द्रित नभएसम्म संस्थाको आबश्यकता हाम्रो जनजीवनमाराम्रोसंग प्रत्याभूत नहुन सक्छ। यसै संदर्भमा मैले निम्न लिखित बुदाहरूमा ध्यानाकर्षण गराउदै त्यकोलागी अनवरत रूपमा कृयाशील रहने बचन बध्दता प्रकृट गर्न चाहान्छ। १) केन्द्र र राष्ट्रीय (स्थानीय ) समन्वय परिषदहरू बिचको कार्य सम्पादनमा संन्तुलन गर्दै दुबातिरको कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहने। २) हरेक बर्ष NRNA ले नेपालमा गर्ने परोपकारका योजनालाई ठोस योजनामा मात्र केन्द्रित गराई प्रभाबकारी बनाउने। ३) यो संस्था सबैको साझा हो NRN को सम्पूर्णहरूमा आधा आकाश ओढटेको नारीकोसहभागिता बढ़ाई संस्थाकोकार्यक्रमलाई अझ प्रभाबकारी बनाउने। ४) संस्थाको आर्थिक र सामाजिक गतिबिधिहरूलाई अझ प्रभाबकारी र पारदर्शी बनाउने। ५) भई परि आउने बिविध आापद बिपदकोलागी तात्कालिकन राहत ब्यबस्थीपन हुन सक्ने गरी आपद क़ालीन कोष स्थापना गर्ने र कोष बृघ्दि गराउने| ६) नेपाली भाषा साहित्य कला संगीतके क्षेत्रको बिकासको लागी सम्बन्धित संघ संस्थासंग सहकार्य गर्दै प्रभावकारी योगदान दिने र कार्यन्वयन गर्ने। समाज सेवा बिना मानिसको व्यक्तिगत जीवन सार्थक नहुने मेरो ब्यक्तिगत मान्यता बमोजिम म यो संस्थामा निरन्तर रूपमा आबध्द हुने चाहाना अनुरू ICC को सदस्यकोलाई उमेरबारी दिदैछु ।

बनिता कतिला आई. सि. सि. सदस्यको उमेदबार न्यूर्योक

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top