फिल्म निर्माता तथा समाजसेवी प्रकास शर्मा बोर्ड अफ डाईरेक्टरमा


फिल्म निर्माता तथा समाजसेवी प्रकास शर्मा बोर्ड अफ डाईरेक्टरमा
बिकास थापा, हेरिसबर्ग ,अमेरिका
लामो समय देखी अमेरिकाको कनेक्टिक राज्यमा बसोबास गर्दै आउनु भएका श्री प्रकास शर्मा फिल्म निर्माता तथा समाज सेवी हुनुहुन्छ। "स्थानीय संघ संस्था सँग सहमति र सहकार्य अबको एनआरएन " भन्ने  मुल नारा लिएर उहाँ आगामी कार्यकालको लागी गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७-२०१९ ) सम्मको कार्यकालको लागी बोर्ड अफ डाईरेक्टर पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ । स्मरण रहोस उहाँले "संगम फिल्मि प्रड्युसर " को ब्यानर अन्तर्गत दुईवटा फिल्मिहरू "छोरिको कर्म " र "साहार " को समेत सफल निर्माता भएर नेपालमा काम गरिसक्नु भएको छ । साथै उहाँले नेपालमा लामो समय ईन्सुरेन्स कम्पनिको म्यानेजर र दूप्चेश्वरी सहकारी संस्थाको को भाइस प्रेसिडेन्ट पनि भएर काम गरिसक्नु भएको छ । फिल्म निर्माता तथा समाजसेवी प्रकास शर्मा हाल अमेरिकामा बसेर बिभिन्न सामाजिक संस्थाहरू मार्फत समाज सेवामा सक्रिय हुनुहुन्छ । उहाँ योग्य,कुशल,निष्ठावान,स्पष्ट बक्ता तथा बोर्ड अफ डाईरेक्टरको पदमा बसेर अमेरिकी नेपाली समाजलाई धेरै योगदान दिन सक्ने ब्याक्तित्व समेत हुनुहुन्छ ।
 
एनआरएन अमेरिकालाई आफ्नो ब्याक्तिगत स्वार्थ भन्दा माथि राखेर अन्य देशहरूको भन्दा अगाडी लैजानु पर्ने गहन जिम्मेवारी हाम्रो काँधमा आइपुगेको दायित्वबोध र जिम्मेवारिको बारेमा उहाँले आफ्नो घोषाणापत्र मार्फत यसअघि नै सोसियल मेडिया मार्फत जानकारि गराइसक्नु भएको छ । आगामी कार्यकालमा धेरै भन्दा धेरै यूवाहरूलाई यो संस्थाको गहन जिम्मेवारी दिन सक्यौ भने मात्र भोलिका दिनमा नेपाली समुदायलाई यसले गर्ने सक्ने योगदान अतुलनिया हुने उहाँको तर्क ,उदेश्य स्पष्ट योजना छन् । तसर्थ उहाँ यस संस्थामा आजैबाट यूवाहरूलाई जिम्मेवारि लिन र दिन लागिपरिरहनु भएको छ । अमेरिकामा अवको नेपाली समुदायको उज्जवल भविष्य तिनै परिश्रमि ,उर्जासिल यूवा/ यूवतिहरूको हातमा छ । यूवाहरूलाई उचित अवसर र सम्मान दिएर अगाडी ल्याउन सके यो संस्थालाई पनि संसार भरिको उदारणिय संस्था बनाउन सकिन्छ। उहाँ तिनै योजना र उत्साहका साथ अगाडी बढिरहनु भएको छ । उहाँका यस्ता योजनाहरूलाई साथ ,उत्प्रेरणा र उत्साह दिनु अमेरिकीवासी नेपाली समुदाय र तपाई हामी जस्ता यूवा बर्गको पनि कर्तव्य हो । आगामी दिनमा यस संस्था भित्र यस्ता उर्जासिल ब्याक्तित्वहरू लाई अवसर दिन सक्नु नै भोलिको लागी सफलता पनि हो ।
 
आगामी कार्यकालमा यस संस्थाभित्र भएका यावत बिकृति  बिसंगति र कमजोरीहरूलाई हटाई यो संस्थालाई चुस्त ,दुरुस्त जिम्मेवारीबोध ,पारदर्शि ,सबैले हाम्रो,राम्रो र आफ्नो हो भन्ने महसुस गर्ने ,सबै नेपाली संघ संस्था ,जातजाति ,भाषा ,संस्कृतिलाई समेट्ने गरी समावेसी ,लोकतान्त्रिक बिधि र पद्दतिमा हिड्ने साथै आत्मै देखी सबैले सम्मान गर्ने संस्था बनाउनु नै सबैको मूल उदेश्य हो भन्नुभयो । तसर्थ यी यावत बिकृतिहरूलाई सुधार गर्ने अहोरात्र खटिने प्रण गर्दै उहाँले एनआरएन एनसिसिको बोर्ड अफ डाईरेक्टरमा उमेदवारी दिनुभएको छ । वहाँले थप्पनु भयो, एनआरएन अमेरिकामा स्पष्ट योजना ,उदेश्य र दिर्धकालिन दृष्टिकोण राख्ने ,बोलिदेखाउने भन्दा गरिदेखाउन सक्ने समाज सेवीहरू चाहिएको छ । तेसैले आगामी कार्यकालको लागी उहाँले बोर्ड अफ डाईरेक्टरमा उमेदवारी दिनु भयको हो। आफ्नो अमूल्य मत दिइ एनआरएन अमेरिकामा एक असल ब्याक्तित्वलाई निर्वाचित गराई काम गर्ने अवसर दिनु हुन अमेरिकामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायका प्रतिष्ठित ब्याक्तित्वहरू ,वकिल,बैज्ञानिक,यूवाबर्ग ,सामाजसेवी,ब्यापारी,पत्रकार ,गायक /गायिका,बिधार्थि भाई बहिनी, बुद्धिजीवी साथै सम्मपुर्ण बा- आमा ,दाजुभाई दिदिबहिनि लगायत सम्पूर्ण मित्रहरूलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन वहाँले बिनम्र अनुरोध गर्दछु ।
 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top