एमाले युवा नेता भट्टराई कतारमा


एमाले युवा नेता भट्टराई कतारमा

दिल कुमार श्रेष्ठ, दोहा  

ने.क.पा.( एमाले ) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई आज बिहानको फ्लाइटबाट कतारको दोहामा आई पुगेका छन् ।

नेता भट्टराई  प्रवासी नेपाली मञ्च वेलायतको अधिवेसन सकेर जुलाई ११ तारिख बिहान कतार आई पुगेका  हुन् । उनको कतारमा ३ दिनको बसाई रहने प्रवासी मंच कतारका अध्यक्ष पोखरेलले जानकारी दिए ।

मंचले १३ जुलाईका दिन आफु निकटका सम्पूर्ण विभागहरुलाई सुचित गर्दै भेटघाट कार्यक्रम समेत राखेको छ । सो भेटघाट कार्यक्रम दोहा स्थित ढाका रेस्टुरेन्टको सभाहलमा बेलुका ७ बजे देखि सुरु हुने भएको छ  । 

भ्रमणका क्रममा नेता भट्टराईले  कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने कार्यक्रम समेत रहेको  छ । सोहि कार्यक्रममा नेता भट्टराईले  आफ्नो कतार वसाईलाई उपलव्धी मुलक बनाउदै संगठित सदस्यहरुलाई प्रशिक्षण समेत दिने छन् ।

यसै अबसरको सदुपयोग गर्नका लागी मञ्चका पदाधिकारी, सचिवालय सदस्य , राष्ट्रिय कमिटी सदस्य,  निवर्तमान कमिटीका पदाधिकारी र सदस्य हरु, निवर्तमान सल्लाहकार परिषदका पदाधिकारी र सदस्यहरु,  ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, संगठित सदस्य तथा मञ्चसंग अबद्दा सम्पूर्ण सदस्यहरुलाई समयमा उपस्थित हुनको लागि मंचले हार्दिक अनुरोध गरेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top