बरिष्ठ उपाध्यक्षका निर्विकल्प उमेदवार - गजेन्द्र अर्याल


बरिष्ठ उपाध्यक्षका निर्विकल्प उमेदवार - गजेन्द्र अर्याल

बिकास थापा ,हेरिसबर्ग अमेरिका

नेपालको स्याड्जा जिल्लामा जन्मि बिगत २५ बर्ष अघि देखी अमेरिकाको मेरिल्याण्ड राज्यामा बसोबास गर्दै आउनु भएका एक मानवअधिकारवादी अभियन्ता,पत्रकार ,कुशल कार्यक्रम सन्चालक तथा बरिष्ठ समाज सेवी हुनुहुन्छ श्री गजेन्द्र अर्यालले विगत एक महिना अगाडी देखी नै उहाँले आगामी कार्यकालको लागी गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७-२०१९ ) सम्मको कार्यकालको लागी उपाध्यक्ष पदमा आफ्नो उमेदवारीको घोषणा गर्नु भएको थियो तर साथिभाई ,इष्टमित्र ,शुभचिन्तक सबैको सल्लाह र आग्रह बमोजिम उपाध्यक्ष पदको आफ्नो दावेदारी हटाई आजैको मितिबाट बरिष्ठ उपाध्यक्षमा पद ( Senior Vice President ) मा आफ्नो उमेदवारिको घोषणा आफ्नो फेसबुक पेज मार्फत सोसियल मेडियामा गरिसक्नु भएको छ ।

उहाँको परिवार पहिले देखी नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि सक्रिय परिवार हो । उहाँसँग त्रि-चन्द्र कलेज पढदा देखिनै बिधार्थी संगठनहरूमा बसेर काम गर्नु भएको लामो अनुभव पनि छ । नेपालमा उहाँले "राष्ट्र पुकार "पत्रिका पनि काम गर्नुभएको पत्रकारिकताको पनि राम्रो र लामो अनुभव छ । स्मरण रहोस आज भन्दा २५ बर्ष अगाडी त्यस समयमा आम मानिसले गाउँघरका कुना काप्चा सम्म सुन्ने सन्चारको एक मात्र माध्यम रेडियो नेपालबाट प्रसारण हुने त्यस समयको निक्कै प्रसिद्द कार्यक्रम "चिन्तन मनन " को सन्चालक तथा प्रस्तोता समेत उहाँ नै हुनुहुन्छ  । उहाँसँग रेडियो नेपालमा काम गरेको पनि अनुभव छ ।  

संयुक्त राष्ट्रसंघका लागी नेपालका पूर्व बरिष्ठ राजदूत डा. ऋषिकेश शाहले स्थापना गर्नु भएको नेपालकै पहिलो मानव अधिकारवादी  संस्थामा पनि केन्द्रिय सदस्य भएर उहाँले काम गरिसक्नु भएको छ । तसर्थ उहाँ एक मानव अधिकारवादी ,पत्रकार ,बरिष्ठ कार्याक्रम सन्चालक तथा समाजसेवी हुनुहुन्छ । उहाँले अमेरिकामा दुई बर्ष सम्म एएनएस ( ANS )  को कोषाअध्यक्ष भएर काम पनि गर्नु भएको छ । त्यस्तै नेपाल पब्लिक कमिटी मेरिल्याण्ड च्याप्टरको पहिलो सल्लाहकार तथा NASEA को केन्द्रिय सदस्य पनि भएर काम गरिसक्नु भएको छ । साथै अरू बिभिन्न संघ संस्थामा आबद्द भएर अमेरिकामा २५ बर्ष अघि देखी नै समाज सेवामा सक्रिय तथा क्रियाशील ब्याक्तित्व हुनहुन्छ । उहाँ योग्य ,कुशल ,स्पष्ट बक्ता ,उर्जासिल तथा एनआरएन अमेरिकामा आगामी कार्यकालको लागी आफ्नो उमेदवारी घोषणा गर्नु हुने बरिष्ठ उपाध्यक्ष पदका सबै उमेदवार भन्दा सक्षम ,अनुभवी र योग्य ब्याक्तित्व पनि उहाँ नै हुनुहुन्छ । एनआरएन अमेरिकाले बरिष्ठ उपाध्याक्षमा उहाँ जस्तो योग्य,सक्षम ,लामो समय देखी अमेरिका बस्नु भएको निक्कै अनुभवी ,सबैसँग चिरपरिचित ब्याक्तित्व पाउनु अहोभाग्याको कुरा हो ।

उहाँले अवको अमेरिकाको एनआरएन कति जिम्मेवारीपूर्ण हुनुपर्छ ? एनआरएन अमेरिकाको अबको दायित्वहरू के के हुन ? भबिष्यमा यो संस्थाले गर्नु पर्ने काम,कर्तव्य ,नीति नियम,पारदर्शिता लगायत यावत कुराहरूको आम नेपाली समुदायले प्रत्यक्षरुपमा लाभान्वित हुने गरी काम गर्ने आफ्ना सम्पूर्ण कार्य योजनाहरू त यस अघिनै सार्वजनिक गरिसक्नु भएको छ । एनआरएन अमेरिकाका सम्पूर्ण सदस्यहरूलाई बिना शुल्क र अरू एनआरएन अमेरिकाको सदस्य बन्न चाहनेहरूलाई न्यूनतम शुल्क लिएर परिचय बितरण गर्ने काम सबैभन्दा पहिला गर्ने योजना उहाँले बनाइसक्नु भएको छ । त्यस्तै प्रत्येक राज्याका संस्थाहरूलाई सक्षम र त्यो राज्यमा बसोबास गर्ने नेपालीहरू सँग हातेमालो गरेर नेपाली समुदायको आर्थिक उन्नति ,ब्यापार ब्याबसाय ,प्रबिधिक शिक्षा ,सम्पर्क केन्द्र ,आपात कालिन कोषको स्थापना गर्ने देखि अन्य जनमुखि र सेवामुखि योजनाहरू लाई सफल ढंगले गराइ छाड्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ ।

अब यो संस्थालाई  "सबैको साझा नेपालीहरूको माझा " भन्ने आफ्नो मूल नारालाई आत्मसात गरेर अगाडी बढ्ने कुरा पनि उहाँले आज बताउनु भयो । गुट ,उपगुट र फुटले हामि र हाम्रो समाजलाई तहसनहस पारेको परिप्रेक्षमा आफुले सबैलाई समेटेर ,सबैको मनोभावना बुझेर ,सबैको अभिभावक बनेर यो संस्थालाई अगाडी लैजानु पर्छ भनी उहाँ जोड दिदै आउनु भएको छ । यो संस्थामा बिकृति र बिसड्गतिहरू भएपनि ती सबैलाई सुधार गर्नु पर्ने दायित्व तपाई हाम्रो नै भएको हुँदा आफु त्यो नाली सफा गर्न मन ,बचन र कर्मले नै तयार रहेको पनि उहाँ बताउनु हुन्छ । तसर्थ उहाँले तपाई हामी माझ एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष ( Senior Vice President ) पदको लागी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आशा छ उहाँ जस्तो ,सक्षम,योग्य,उर्जासिल ,क्षमतावान र अनुभवी ब्याक्तित्वलाई आफ्नो अमूल्य मत दिएर एनआरएन अमेरिकालाई आगामी दिनमा बिधि ,बिधान ,नीति नियममा हिड्ने ,भ्रष्टचार र अनियमितता मुक्त सबैको साझा संस्था बनाउन सहयोग गर्नु पर्ने तपाई हाम्रो पनि अहम भुमिका रहनु पर्छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top