चामुण्डा माविको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न


चामुण्डा माविको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

विक्रम सम्बत् २०२४ सालमा स्थापना गरिएको राजधानीको गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माविको ५१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीहरु तथा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रमुख अतिथि सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्य, प्रधानाध्यापक यादवप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् रामेश्वर फुयाँल, काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रधानाध्यापक यादव प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल तामाङ लगायतका वक्ताहरुले सामुदायिक विद्यालयकहरुको स्तर उकास्न सबैको सहयोग आवश्यक भएको धारणा राख्नु भएको थियो । सिमित स्रोत साधनका बाबजुद सामुदायिक विद्यालयहरुले मुलुकको शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएको वक्ताहरुको भनाइ थियो ।

सोही अवसरमा हालै सम्पन्न स्थानीय निकायको चुनाव अन्र्तगत गोकणेश्वर नगरपालिकाबाट विजयी, मेयर, उपमेयर, वडा अध्यक्ष लगायतलाई सम्मान गर्दै उहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना गरिएको थियो । एक दशक भन्दा अघि देखि लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको चामुण्डा मावि मुलुककै उत्कृष्ट सामुदायीक विद्यालयहरु मध्ये एक मानिन्छ ।

करीब १० रोपनी क्षेत्रफलमा फैलिएको चामुण्डा माविमा दक्ष शिक्षक शिक्षिकाहरुद्धारा अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता सहित कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।  

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top