लागू औषध÷मदिरा दुव्र्यसनमुक्त समाज निर्माण गर्न सहकार्यमा जोड


काठमाण्डौँ  - लागू औषध दुव्र्यसन विरुद्ध अन्तराष्ट्रिय दिवस ( २६ जुन ) का सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँ शाखा र बज्र इन्टरनेशनल कलेजद्वारा “लागू औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि सामूहिक अभियान” विषयक गोष्ठी असार १२ गते काठमाण्डौँमा सम्पन्न भएको छ । गोष्ठीमा प्रमुख वक्ताका रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान तिव्र बनाउनुपर्ने कुरामा जोड दिदैँ यसका लागि सरकार, स्थानीय निकाय, राजनीति समाज र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताउनुभयो । 

गोष्ठीमा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले लागू औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि सामूहिक अभियानमा स्थानीय निकायहरुको प्रभावकारी भुमिका हुने हुदाँ सहकार्यका लागि तयार रहेको बताउदैँ शान्ति समाजले थालेको यो अभियान अझ व्यापक बनाउन र निरन्तर राख्न आग्रह गर्नुभयो । 

मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँ शाखाका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, गोकर्णश्वर नगरपालिकाका उप मेयर शान्ति नेपाल, कागेश्वरी मनहरा नगरपालिकाकाका उपमेयर विन्दु सिंखडा पुडासैनी, काठमाण्डौँ महान गरपालिका वडा नं ६ का वडाअध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष रमेश अर्याल, महानगरिय प्रहरी वृत्त वौँद्धका डिएसपी अच्युत्तम पुडासैनी, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कंडेल, महासचिव उत्तम पुडासैनी, बज्र इन्टरनेशनल कलेजका अध्यक्ष सि.पी. पौडेल, उपाध्यक्ष रत्नमान आजु, छिरिङ शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका कोषाध्यक्ष वटुकृष्ण ढुंङ्गेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जगन्नाथ पुडासैनीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरु, अधिकारकर्मी, सुृरक्षा निकाय, समाजसेवी, पुनःस्थापना केन्द्रका प्रतिनिधिहरु, अभिभावक तथा विद्यार्थीहरु गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो । 

स्मरणीय छ, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध राष्ट्रिय अभियान घोषणा गर्न आग्रहसहित शान्ति समाजको प्रतिनिधिमण्डलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक पटक भेटी आग्रह गर्दै आएको छ भने लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध २०७३ देखी शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top