ओम अस्पतालमा स्पाइन सर्जरीतर्फ नयाँ प्रविधि मार्फत उपचार शुरु


ओम अस्पतालमा स्पाइन सर्जरीतर्फ नयाँ प्रविधि मार्फत उपचार शुरु

काठमाडौं - गुणस्तरीय स्वास्थ्य सेवाका लागि ख्याती कमाउँदै आएको राजधानीको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले स्पाइन सर्जरी तर्फ विशेष प्रकारको प्रविधि भित्र्याएको छ ।

बिरामीको मेरुदण्डमा सानो प्वाल पारेर गरिने Minimally Invasive Spine Surgery (MISS)  प्रविधि अस्पतालमा भित्र्याइएको हो । 

MISS  को अत्याधुनिक उपकरण Quadrant System    बाट शल्यक्रिया गर्दा बिरामीले धेरै फाइदा प्राप्त गर्ने ओम अस्पतालका स्पाइन सर्जन डाक्टर गौरवराज ढकालले बताउनुभयो ।

डाक्टर ढकालका अनुसार यो प्रविधि मार्फत् शल्यक्रिया गर्दा कम समय लाग्दछ र  बिरामी पनि चाँडो निको हुन्छ । त्यस्तै शल्यक्रिया गरिएको ठाउँमा सानो दाग मात्र रहन्छ भने तुलनात्मक रुपमा बिरामीले कम तनाव झेल्नु पर्दछ ।

अमेरिकाको] Medtronics कम्पनीले उत्पादन गरेको उपकरण प्रयोग गरी अस्पतालले Minimally Invasive Spine Surgery प्रविधिद्धारा बिरामीहरुको उपचार गरिरहेको र बिरामीहरुले पनि यो प्रविधिप्रति पूर्ण सन्तुष्टि जनाएको डाक्टर ढकाल बताउनुहुन्छ । 

Minimally Invasive Spine Surgery मार्फत बिरामीहरुलाई सेवा दिने ओम अस्पताल तथा रिसर्च सेन्टर मुलुककै पहिलो निजी अस्पताल हो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top