परिक्षा दिएर फर्केका विद्यार्थीलाई पोखरामा बसले हान्यो, अवस्था गम्भिर (भिडियो)


परिक्षा दिएर फर्केका विद्यार्थीलाई पोखरामा बसले हान्यो, अवस्था गम्भिर (भिडियो)

पोखरा, ८ असार - पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटलाई ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका छन् ।

पोखराको माउण्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटन स्थित बिन्ध्यावासिनी माविमा परीक्षा दिएर फर्किदै गर्दा उनीहरु सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो । 

बाग्लुङबाट काठमाडौं जादै गरेको ना ५ ख ९५०५ नम्बरको बसले बिद्यार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो ।

दुर्घटनामा घाईते दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको साहारा अस्पतालमा उपचार हुन नसके पछि मणिपाल अस्पताल लगेको हो ।

विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो । सडक फराकीलो भएको र स्पीडमा हाकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । आक्रोशित भिडले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए ।

तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top