घरदैलोमा व्यस्त जनजागरणका उम्मेदवार


घरदैलोमा व्यस्त जनजागरणका उम्मेदवार

उर्लाबारी असार ८- स्थानीय तह निर्वाच नजिकिदै गर्दा जनजागरण पार्टी नेपालले निर्वाचन विषेश घरदैलो अभियानलाई तिव्र बनाएको छ ।

उर्लाबारी नगरपालिकाको मयेर उपमेयर र विभिन्न वडाको वडा अध्यक्षका साथै सदस्यहरुमा उम्मेदवार मनोनयन दर्ता गराएको जनजागरणले प्रचार प्रसारलाई तिब्र बनाएको हो ।

स्थानीय मतदाताको घर आगनमा पुगेर पार्टीका उम्मेदवारले आफूलाई भोट गर्न आग्रह गर्दै आएका छन् ।

आगामी असार १४ गते हुने निर्वाचको मेयरमा टिकाराम भुजेल र उपमेयरमा मनु लावतीलाई जनजागरणले उम्मेदवार बनाएको छ । २ नम्बर वडाको वडा अध्यक्षको उम्मेदवारमा बलबहादुर मादेन  महिला सदस्यमा निर्मला अधिकारी र दलित महिला सदस्यमा सुनिता शार्कीको उम्मेदवारी रहेको छ ।

यस्तै वडा नम्बर ३ को अध्यक्षमा कुमारी थापाको उम्मेदवारी रहेको छ भने खुल्ला सदस्यहरुमा सूर्यबहादुर थापा र हस्त बहादुर दर्जी रहेका छन् ।

उर्लाबारी वडा नम्बर ४ को वडा अध्यक्षमा गोपाल राईको उम्मेदवारी रहेको छ भने महिला सदस्यमा एली राउत र खुल्ला सदस्यहरुमा गणपत चौधरी र सोमबहादुर धिमालको उम्मेदवारी दिएका छन् । वडा अध्यक्षका उम्मेदवारी राई पार्टीका उर्लाबारी नगरपालिकाको नगर समितिका अध्यक्ष समेत हुन् ।

यसैगरी ६ नम्बर वडामा अमृत कुमालले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्   सफा, सुन्दर, सभ्य, विभेद रहित, न्यायपूर्ण र समृद्ध समाज निर्माणको प्रतिवद्धता सहित पार्टीले उम्मेदवारको घोषणा गरेको उर्लाबारी नगर समितिका अध्यक्ष गोपाल राईले जानकारी दिएका छन् ।
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top