गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अधक्ष तर्फ बाट नब निर्वाचित सम्माननिय श्री शेरबहादुर देउवा लाई हार्दिक शुभकामना


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अधक्ष तर्फ बाट नब निर्वाचित सम्माननिय श्री शेरबहादुर देउवा लाई हार्दिक शुभकामना

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा संघिय गणतन्त्र नेपालको ४०औँ प्रधानमन्त्री चयन हुनु भएकोमा गैरआवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

देश संबिधान कार्यन्वयनको दिशामा अगाडी बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भई सकेको अवस्थामा नबनिर्बाचित प्रधानमन्त्रीको आगमनसँगै दोश्रो चरणको निर्बाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रकृयामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने हामीले बिश्वास लिएका छौं ।

दुई बर्ष अगाडी आएको महाभूकम्पबाट अझै लाखौं परिवार अस्थायी टहरोमा बिताउन बाध्य भएको यो परिस्थीतिमा उहाँको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुनेछ भन्ने हामी आशाबादी छौं । बिगतमा जस्तै गैरआवासीय नेपाली संघले प्रधानमन्त्री श्री देउवाको कार्यकालमा नेपालको सम्बृद्धि तथा पुनःनिर्माणमा सक्रियतापूर्वक सहयोग गर्दै सहभागीता जनाउने प्रतिबद्धता जनाउन चाहान्छौं ।

२०७४ माघ अगाडी नै दुवै निर्वाचन सम्पन्न गर्ने र मुलुकलाई स्थायित्व दिने सन्दर्भमा प्रधानमन्त्री देउवाको सफलतामै मुलुकको सफलता निर्भर रहेको स्मरण गर्दै प्रधानमन्त्री श्री देउवालाई उहांको कार्यकाल पूर्ण
सफलताका लागिमेरो ब्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

शेष घले
अध्यक्ष
गैरआवासीय नेपाली संघ

अन्तराष्ट्रिय समन्वय परिषद

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top