कतारमा कार्यरत एक नेपालीको मृत्यु


कतारमा कार्यरत एक नेपालीको मृत्यु

घनश्याम पराजुली, दोहा ।

कतारको एक कम्पनीमा कार्यरत नेपालीको कार्यस्थलमा मृत्यु भएको छ । भवन निर्माण कम्पिनमा कार्यरत रुपन्देहीका चिन कमल्लाहको दुर्घटनमा परि निधन भएको हो ।

गत १६ मेई का दिनअलबन्दरी इन्जिनियरीङ्ग ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्गको निर्माणधिन भवनमा दुर्घटना हुदाउनको मृत्यु भएको कतार स्थित नेपाली दुतावासले जनाएको छ । मल्लाहको निर्माणधिन भवनको स्काफोल्डीङ्ग फुस्किदा निधन भएको हो । उनी सँगै अन्य देशमा दुई कामदारको समेत निधन भएको छ भने एक नेपाली कामदार घाईते भएका छन । 

घाईते हुनेमा दाङ्गका गंगाराम चौधरी रहेको दुतावासले जनाएको छ । उनीसँगै अन्य केहीकामदार समेत घाईते भएका छन । कतारको ओम सलाल अली स्थित अलबन्दरी कम्पनीले भवन निर्माण गर्ने क्रममा उक्त घटना घटेको हो । 

दुतावासको ध्यानाकर्षण :-
कतार स्थित नेपाली दुतावासले प्रेस व्यक्तव्य जारी गर्दै कतारमा भएको घटना बारे जानकारी दिएको छ । सामाजिक सन्जालमा एकाएक भाईरल भएको भिडियो कतारको नभई अन्य देशको रहेको दुतावासले जानकारी दिएको हा्े । कतारमा दुर्घटनामा परी ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न समामाजिक सन्जाल तथाअनलाईनहरुमा प्रेषित गलत समाचार प्रतीदुतावासको ध्यानाकर्षण भएको  प्रेस वक्तव्यमाउल्लेख छ  । 

सम्बन्धित घटनाको बारेमा नबुझी सर्वसाधारणमा भ्रम सृजना नर्गन दुतावसले आग्रह गरेको छ ।  दुतावासले घटनाको बारेमायथार्थ बुझ्ने प्रयास गरेको बताउदै समाजिक सन्जाल आएको तस्विर र भिडियो कतारको नभएको नेपाली दुतावासका द्वितिय सचिव नितेस सापकोटाले जानकारी दिएका छन  । 

कतारमा चार लाख भन्दा बढी नेपाली कार्यरत छन । सामाजिक सन्जालमा भाईरल बनेको भिडियोले कतारमा कार्यरत  धेरै नेपाली कामदारका परिवारलाई चिन्तित बनाएको थियो । तथ्यहिन समाचार प्रेषित  गरी सर्वसाधारमा भ्रम सृजना नर्गन दुतावासले अनुरोध गरेको छ । 

दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी कम्पनीको क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुने कामदारलाई क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरेकोछ ।  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top