युवा नेता खड्ग फागोको पहलमा ट्युमरको शल्यक्रिया


युवा नेता खड्ग फागोको पहलमा ट्युमरको शल्यक्रिया

उर्लाबारी, ४ जेठ - लामो समयबाट निर्मुनी किस्कु सतार पाठेघरमा पलाएको ट्युमरबाट पीडित थिइन् । गरिबीसँग जुधिरहेकी निर्मुनीको आर्थिक अवस्था अस्पतालसम्म जाने थिएन । त्यसैले उनी पेट दुख्दा ग्याष्टिकले सताएको अनुमान गरेर घर नै बस्नु सिवाय कुनै उपाय थिएन् । त्यही बेला भगवानका रुपमा आईपुगे युवा नेता खड्ग फागो । फागुको पहलमा हाल उनको स्थानीय गोदावारी अस्पतालमा निःशुल्क उपचार भएको छ ।

मोरङ रतुवामाइ नगरपालिका–८ इटहरा झुनावारीकी किस्कु दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने उनको पाठेघरको दुवै पट्टि फैलिरहेको ट्युमरको दुखाइले दैनिकी कठिन बनाएपनि उनले जसोतसो परिवार चलाउँदै आएकी थिइन् । तर, ‘कोही नभएकाका भगवान् हुन्छन्’ भन्ने नेपाली उखान उनको जीवनमा अहिले यथार्थ भएको छ ।

गरिब, विपन्न, दिनदुःखीको सेवामा रहँदै आउनुभएका उर्लाबारीका सामाजिक तथा राजनीतिक व्यक्तित्व खड्ग फागोले सतारको निःशुल्क उपचार गर्न पहल गरिदिनुभयो ।

पाठेघरमा ट्युमर देखिएपछि सतारको उपचारका लागि सामाजिक तथा राजनीतिक व्यक्तित्व फागोले उर्लाबारीस्थित गोदावारी अस्पतालमा निःशुल्क उपचार गर्ने प्रबन्ध मिलाई दिनुभएको हो । अस्पतालका डा. वीपी कर्णले पनि बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गरेर शल्यक्रिया निःशुल्क गरिदिने घोषणा गर्नुभयो ।

सतारको मंगलबार साँझ डा. कर्ण र डा. चेतना श्रेष्ठ नेतृत्वको टोलीले डेढ घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । बिरामीको अवस्था पनि सामान्य रहेको छ ।

सामाजिक उत्तरदायित्व सम्झेर हामीले आर्थिक रूपमा विपन्न परिवारको निःशुल्क उपचार गरेको डा. कर्णले बताउनुभयो ।
सतारको उपचारमा उर्लाबारी–७ की जमुना राई र स्थानीय युवा सन्तोष निरौलाले पनि सहयोग गर्नुभएको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top