लगानीबोर्डको उपाध्यक्षमा मन्त्रीजोशी : लगानीबोर्डलाई अझ सशक्त बनाउनु पर्नेमा जोड


लगानीबोर्डको उपाध्यक्षमा मन्त्रीजोशी : लगानीबोर्डलाई अझ सशक्त बनाउनु पर्नेमा जोड

१८ मे, २०१७ काठमाडौं । 

उद्योग मन्त्री एवं लगानीबोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग  समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्नु पर्ने बताउनु भयो।

मन्त्री जोशी लाईबोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय बुधबार सरकारले गरकोे हो । 

मन्त्री जोशीको सम्मानमा लगानी बोर्र्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वरमा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । 

उहाँले लगानीबोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थ व्यवस्थामा दिने योगदान बारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्नेमा जोड दिंदै बोर्डको काममा आईपर्ने समस्या समाधानगर्न सम्बन्धित मन्त्रालयहरु सँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिनुभयो । उहाँले लगानी बोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिनुभयो । 

उक्त अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानी बोर्डले अगाडिबढाएका परियोजनाको सहज कार्यान्वयनमा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिनुभयो । 

मन्त्री जोशीलाई स्वागत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उहाँलाई उपाध्यक्षको रुपमा पाउँदाबोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधान मा उहाँको मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताउनु भयो । उहाँले लगानी बोर्डले अगाडि बढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराउनु भएको थियो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top