ज्योतिषीले भनेपछि निर्वाचन दुई चरणमा तय गरिएको रहस्य खुल्यो


१७  मे, २०१७ काठमाडौं ।

स्थानीय तहको निर्वाचन बैशाख ३१ गते गर्ने घोषणा भए लगत्तै एक जना ज्योतिषीले निर्वाचन एक चरणमा सम्भव नहुने र दुईचरणमा गर्नु पर्ने बताएको अन्तर्वार्ताको युट्युब लिंक प्राप्त भएको छ । ती ज्योतिषी दीपक सुवेदी हुन् । पहिला पहिला पनि सुवेदीले गर्ने गरेको राजनीतिक भविष्यवाणीहरु प्राय पुग्ने तथा मिल्ने गरेको आम सर्वसाधारणको अनुभव रहेको छ । निर्वाचनको लागि स्थिति त्यति अनुकूल नबनिरहेको अवस्थामा उनैले चुनाव दुईचरणमा गर्नु उपयुक्त हुन्छ भनेको अन्तर्वार्ता आएपछि राजनीतिक क्षेत्र तथा राज्यले पहिला भएको तयलाई परिवर्तन गरी दुईचरणमा स्थानीय तहको चुनाव गराउने निर्णय गरेको अर्थ लागेको छ ।  

ज्यो. सुवेदीले नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन एवं इण्डिजिनियस टेलिभिजनलाई दुई महिना अघि दिएको अन्तर्वार्तामा त्यस्तो प्रकारको कुरा बताएको थाहा लागेको छ । सो अन्तर्वार्तामा सुवेदीले स्पष्टरुपमा निर्वाचन एक चरणमा नभएर दुईचरणमा गर्नु राम्रो हुने बताएका छन् । भिडियोको युट्युब लिंकबाट यो कुरा हेर्न सकिन्छ । 

सुवेदीले यस पूर्वपनि केही राजनीतिक भविष्यवाणीहरू गरेको र सो भविष्यवाणी पूरा भएको हुँदा पनि उनको भविष्यवाणीप्रति राजनीतिक तथा सम्बन्धित क्षेत्रको ध्यान आकर्षित हुने गरेको पाइएको छ । कुनै पनि हालतमा एक चरणमा निर्वाचन गरिने मन्त्री तथा प्रधानमन्त्रीहरुले बताउँदै आएकोमा एकाएक दुईचरणमा गर्ने निर्णय हुनुमा अप्रत्यक्षरुपमा उनको भविष्यवाणीको प्रभाव रहेको बुझिन्छ । 

गतसाल उनै ज्योतिष दिपक सुवेदीले टेलिभिजनको एउटा अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नामको अगाडि ए भएको नफापेको र नाम परिवर्तन गरी नेबाट राखेमा फाप्ने बताएका थिए । जुन अन्तर्वार्ताको पनि युट्युब लिंक प्राप्त भएको छ । त्यस लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरे । संसदमा तेस्रो अवस्थामा रहेको भएपनि पार्टीको नाम फेरेको तीन महिना भित्रै सो पार्टीको संसदीय दलको नेताभएको नाताले उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । 

यस पटक पनि एकै चरणमा निर्वाचन गर्ने फुर्ति गर्दै आएका प्रचण्डले अन्तिम समयमा आएर दुईचरणमा गर्ने नीति लिनुको पछाडि मधेशी पार्टीको दबाबमात्रै नभएर विशेष रहस्य भनेको तिनै ज्योतिषले चुनाव दुईचरणमा हुन्छ भनी गरेको भविष्यवाणी राज लुकेको जानकारहरू बताउँछन् । 
सुवेदीले पहिलो संविधानसभा तथा तत्कालिन राजनीतिक संयन्त्रबाट संविधान र निकास ननिस्कने भविष्यवाणी गरेको, राजनीतिक क्षेत्र पाखा हटेर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन हुनुले उनको भविष्यवाणी पुगे थियो । सो भविष्यवाणी पूरा भएपछि राजनीतिक क्षेत्रले उनको भविष्यवाणीलाई अप्रत्यक्ष रूपमा भएपनि मान्न थालेको देखिन्छ । 

वैद्य माओवादी लगायतका पक्षको कडा बिरोध भइरहेको र आमसर्वसाधारण पक्ष अन्यौलमा रहेको अवस्थामा सुवेदीले खिलराज रेग्मीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने भविष्यवाणी गरेका थिए । त्यस्तै दोस्रो संविधानसभाले धर्मलाई सम्बोधन गरेको खण्डमा मात्रै संविधान जारी गर्नसक्ने बताएका थिए । सो कुरापनि सनातन देखि चलिआएको धर्मसंस्कृतिको संरक्षण गर्ने भन्ने वाक्य संविधानमा राखिएपछि मात्रै संविधान जारी हुनुले प्रकारान्तरले पुगेको थियो । 

यसरी बेलाबेलामा राष्ट्रिय सवालका विषयहरूमा भविष्यवाणी गर्ने गरेका ज्यो. दीपकले ५८ सालमा राजा वीरेन्द्रको मृत्युको बारेमा गरेको भविष्यवाणी निकै चर्चामा आएको थियो । नेपालको राष्ट्रिय चर्चाका विषयहरूमा उनले भविष्यवाणी गर्दै आएको र धेरै भविष्यवाणीहरू पुग्दै गएको हुनाले उनको भनाइलाई राजनीतिक क्षेत्रले मनन गर्न थालेको बुझिन्छ । यस पटकपनि प्रधानमन्त्रीलगायतले निर्वाचन एकै चरणमा गर्ने भनिरहेपनि अन्तिममा उनको भनाईलाई पनि मध्यनजर गरेर चुनाब दुईचरणमा तय भयो र पहिलो चरणको चुनाव सम्पन्न भएको अवस्था छ । 

अन्य ज्योतिषी तथा भविष्यवक्ताहरूले निर्वाचन नै नहुने बताइरहेको बेलामा सुवेदीले सो अन्तर्वार्तामा निर्वाचन हुनुपर्छ, तर कठिनाइ भने पर्छ भनेका थिए । छिट्फुट घटना र केही कठिनाइको बाबजुत पहिलो चरणको चुनाब सम्पन्न भएको छ ।

बाहिरी रुपमा जे भएपनि भित्रीरुपमा ज्योतिष कहाँ धाउने नेताहरू नेपालमा बढीनै छन् । ज्योतिषको सल्लाहलाई मान्दा आफूलाई राजनीतिक लाभ हुने गरेको पूर्वप्रधानमन्त्री शेरबहादुरको पनि भनाई रहेको छ । यस्तै अनुभूति प्रचण्डको पनि रहेको पाइन्छ ।

पाठकहरूलाई थप जानकारीको लागि सम्बन्धित भिडियोको युट्युब लिंक तल दिइएको छ हेर्न सक्नुहुनेछ –   

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top