आई लभ यु भन्दै पियुसले पछ्याउन नछोडेपछि सारिकालाई आपत (भिडियो सहित)


आई लभ यु भन्दै पियुसले पछ्याउन नछोडेपछि सारिकालाई आपत (भिडियो सहित)

काठमाडौं - बाटोमा एक्लै दोक्लै हिडिरहेको बेला कुनै अपरिचित केटाले आई लभ यु भन्दै पछ्याउँन थाले पछि एउटी युवतीको हालत के होला ?  यस्तै हालतको सामना गरेकी छिन् नायिका सारिका घिमिरेले ।

नेपाली कलाकारिता क्षेत्रमा नव प्रवेशीको रुपमा संघर्षरत पियुस सम्शेर जबराले आफ्ना साथीहरु सहित सारिकाको बाटो छेक्दै कान्छी आई लभ यु भने पछि उनले यसको सामना गर्नु परेको हो ।

हाल साँगीतिक क्षेत्रमा छिटो छिटो प्रस्तुति दिन माहिर ताराबीर पाण्डेको स्वरमा रहेका कान्छी आई लभ यु बोलको गीतको भिडियोले मागेको कथामा अभिनय गर्नु पर्दा सारिकाले सामना गर्नु परेको अवस्था हो यो ।

योदिन लिम्बुको शब्द तथा संगीत रहेको यस गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । यस गीतको भिडियोमा नायिका सारिका घिमिरे र मोडल पियुस सम्शेर कुँवरका अलावा जिवन कटुवाल र सुरज शर्मालाई पनि देख्न सकिने छ ।

जिवन कटुवालकै कोरियोग्राफीमा तुलसी बाँस्कोटाले निर्देशन र सम्पादनको जिम्मेवारी सम्हालेको भिडियोलाई जनकराज अधिकारीले छायाँकन गरेका छन् । आफ्ना अन्य प्रस्तुतिले झैं कान्छी आई लभ यु ले पनि दर्शक श्रोतालाई प्रसस्त मनोरञ्जन दिने दाबी गायक तथा संगीतकार ताराबीर पाण्डेको रहेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top