बाल्टिमोरमा हुने मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को लागि माल्भिका सुब्बा आउने : आवेदन पत्र खुला


बाल्टिमोरमा हुने मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को लागि माल्भिका सुब्बा आउने : आवेदन पत्र खुला

विजय थापा,वाशिंगटन डिसी 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका ( एएनए ) को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ ।

९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरिएको जनाएको छ ।

आवेदक पुरुष तथा महिलालाई जुन ५ तारिख सम्म संस्थाको आधिकारिक संजाल ९वेब ०मार्फत दरखास्त दिन आव्हान गरेको छ । जुलाई २ तारिख भब्य कार्यक्रम बिच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छापा बिज्ञप्तिमा जनाएको छ ।

नेपाली संस्कृति शैलीको उत्सव ( अ फिएस्टा अफ नेपाली कल्चर इन स्टाएल )  मा उक्त कार्यक्रम हुने छ । यसको लागि नेपाल कि प्रसिद्ध भेषभूषा अभिकल्प कार ( डीजाइनर) सुबेक्षा भडेल हुने छिन् भने कार्यक्रमको सह अध्यक्षहरुमा बिराज श्रेष्ठ तथा मिस एएनए नेपाल २०१४ कि रिया श्रेष्ठ रहने भएका ।

यसै गरि सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्ने छिन् । बिजताहरुलाई नेपाल आवत जावत को नि:शुल्क हवाई जहाजको टिकट ( निशुल्क प्रवेश-पत्र ) को व्यवस्था गरिने छ ।

उक्त व्यवस्था अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राबल तथा एयर जोन ट्रावलले प्रयोजन गर्ने छन् ।

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top