गोकर्णेश्वर ५ मा किरियापुत्रीहरुद्धारा मतदान


 गोकर्णेश्वर ५ मा किरियापुत्रीहरुद्धारा मतदान

स्थानीय निकायको चुनाव अन्र्तगत राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा किरियापुत्रीहरुले समेत मतदान गरेका छन् । शान्ति आदर्श माध्यामिक विद्यालय तथा संयुक्त वडा कार्यालयमा रहेको मतदान केन्द्रमा जोरपाटी नयाँवस्तीका धुव्र हुमागाई र उनको परिवारका सदस्यहरुले मतदान गरेका हुन् ।

२० वर्षपछि भएको स्थानीय निकायको चुनावमा किरियापुत्रीको रुपमा भएपनि सहभागी हुन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको हुमागाईले बताउनुभयो । आफू नजिकका उम्मेदवारहरुलाई मत दिन पाउँदा आफू र सिंगो परिवार नै सन्तुष्ट रहेको समेत उहाँले बताउनुभयो ।

सामाजिक कार्यकर्ताका रुपमा स्थापित हुमागाई ममतामयी माताको निधनपछि अहिले किरियामा हुनुहुन्छ । शोकको अवस्थामा पनि आफनो मताधिकार प्रयोग गरेकोमा सामाजिक सञ्जालमा हुँमागाई परिवारको चौतर्फी प्रशंसा भइरहेको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top