मलाई नेपाल र नेपालीको साथ भो भने पानी नारा यु एन सम्म पुर्याउनेछु


 मलाई नेपाल र नेपालीको साथ भो भने पानी नारा यु एन सम्म पुर्याउनेछु

" मलाई नेपाल र नेपालीको साथ होस् ।" "हरेक घर धारो , हरेक गाउँ सिंचाइ" नारालाई यु एनसम्म पुर्याएर समाजमा  स्थापित गरेरै छाड्नेछु । मेरो लडाइ नत सरकारसित हो नत धर्मसित हो न त देश सित हो ।

मात्र ८ हजार किलोमीटर टाढाको जनता  मार्न तम्सिने तर दुनियाँलाई आवश्यक पर्ने पानी नारा पूरा गर्न किन नतम्सिने रु मंगल ग्रहमा वस्ती बसाल्छु भनेर ठूला गफ लगाउने  तर यहीँ पृथ्वीमा पानी नारा पूरा गर्न किन नतम्सिने ? कथित वैज्ञानिक सरकारहरुले  किन नसोच्ने रुकिन विज्ञानलाई उचित प्रयोग गरेर अभियानको नारा पूरा गर्न अगाडि नबढ्ने रु हामी सफल हुन्छौ हुनेछौ पनि ।

पानी बगाएर समाज परिवर्तन हुने कुरामा  हामी  किन नजाग्ने ? मात्र एकपटक दुनियाँ जागे युगौयुग जाग्नु नपर्ने पानी अभियानमा गोलवद्द बनौ । पुजीलाई नै ठूलो देख्ने समाजमा यो यात्रा धेरै जटिल छ तर पनि कठोर  यात्रा भएको हुनाले जुन दिन सम्म अभियान शुरु भएको गाउँमा नारा पूरा हुने अवस्था सृजना हुँदैन त्यो दिन सम्म  घर नै जादैन । यो मेरो भीष्म प्रतिज्ञा हो । स्थानीय निर्वाचनमा जित्ने पदाधिकारीले पनि कुनैपनि हालतमा पानी नारा पूरा गर्ने सोच राखुन् ।

मित्रलाल पार्दे
पानी अभियानकर्ता

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top