मधेशका सहिद परिवारलाई युरोपबाट आर्थिक सहयोग


         मधेशका सहिद परिवारलाई युरोपबाट आर्थिक सहयोग

दिनेश गौतम 

युरोप  जेष्ठ १ गते - गैर अवसिय नेपाली समाज साईप्रस युरोपले मधेशका सहिद परिवारलाई आर्थिक सहयोग गरेको छ ।

युरोपको साईप्रसमा रहेका तराई तथा पहाडका प्रतिनिधिहरुले मधेशको सप्तरी जिल्लाका सहिद परिवारको अबस्था अत्यन्तै नाजुर रहेको भन्दै कोसिस फाउण्डेशन मार्फत एन.आर.एन.आई.सि.सि. का  सदस्य रन्जित महतोले ५४ हजार ५०० नेपाली रुपैया हस्तान्तरण गरेका हुन । 

सप्तरीमा गत बर्ष नेपाली पुलिसद्धारा हत्या गरिएका परिवारहरुलाई साईप्रस देशको कन्सुलेट डा.राजजिवन पन्जियारले ११००० , रान्जित महतो २०००० , सि. के. साह १६००,सुरेश कुमार साह  ५५००, ओम कुमार सुरी ५५००, अन्तेश राउत २७०० , एन.आर.एन. सार्यप्रसका कोषाध्यक्ष रामजेन साह ५५०० र एन.आर.एन साईप्रसका अध्यक्ष सुबास मल्लले २७०० नेपाली रुपैया सहयोग गरेका हुन ।

महतोले कोसिश फाउण्डेशनका प्रतिनिधि डा. राम ज्ञान यादवलाई नेपाल गएर  उक्त रकम हस्तान्तरण गरेका हुन ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top