प्रहरीले चलाएको गोली लागेर दोलखामा एकको मृत्यु


प्रहरीले चलाएको गोली लागेर दोलखामा एकको मृत्यु

१४ मे, २०१७
काठमाडौं । स्थानीय चुनावका क्रममा पूर्वी नेपालको दोलखामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार आज बिहानैदेखि तनावग्रस्त रहेको दोलखाको मेलुङ्ग गाउँपालिकामा एमाले र काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा परी एकजनाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा स्थानीय नरबहादुर भुजेल रहेका छन् । बुँथ कब्जा गर्ने क्रममा उनलाई प्रहरीले गोली हानेको बताइएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । 

स्थानीय पवटी छटेश्वर मावी मतदान केन्द्रमा भएको झडपमा अन्दाजी ३५ वर्षका युवकको ज्यान गएको छ ।

यसअघि सो क्षेत्रमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।दोलखाका विभिन्न केन्द्रमा प्रमुख तीन ठूला दलबीच विहानै देखि झडप भै रहेका खबर प्राप्त छ । यद्यपि मतदान भने सूचारु रुपमा सम्पन्न भै रहेको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top