२० वर्षपछि स्थानीय चुनाव उत्साहपूर्णरुपमा हुँदै, आजै साँझबाट मतगणना शुरुहुने


२० वर्षपछि स्थानीय चुनाव उत्साहपूर्णरुपमा हुँदै, आजै साँझबाट मतगणना शुरुहुने

१४ मे, २०१७
काठमाडौं । देशका ३४ जिल्लामा २० वर्षपछि आज पहिलोपटक स्थानीय तहको चुनाव उत्साहपूर्णरुपमा भै रहेको छ । यो समाचार तयार पार्दासम्म छिटफुट घटना बाहेक देशभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भै रहेको छ । निर्वाचनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, सशस्त्र र जनपद प्रहरी र म्यादी प्रहरी पचिालन गरेका कारण पनि सुरक्षा व्यवस्था मजबुत भएको हो । आज देशका ३४ जिल्लामा पहिलो चरणको चुनाव भएको हो भने बाँकी ४१ जिल्लामा दोश्रो चरणमा चुनाव गरिने छ । आजको चुनावले ३४ जिल्लाबाट २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ ।

आज बिाहन ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । त्यसो त हरेक पाँच पाँच बर्षमा स्थानीय तहको निर्वाचन हुनुपर्ने हो, तर लामो समयको राजनीतिक संक्रमणलगायतका कारण २०५४ साल जेठ महिनापछि पछि स्थानीय तहको निर्वाचन हुन सकेको थिएन ।

एकाघ स्थान बाहके अन्य जिल्ला र क्षेत्रमा उत्साहपूर्णरुपमा स्थानीय तहको निर्वाचन भै रहेको छ । मुगु, काभ्रेलगायतका जिल्लाका एक दुई निर्वाचन केन्द्रमा सामान्य विवाद देखिएपनि त्यसलाई स्थानीय तहबाटै मिलाउने कोशिष भै रहेको छ ।अहिलेको संघीय संविधानले पनि स्थानीय चुनाव गराउने विषय उल्लेख गरेकोले यो चुनाव सँगै संविधान पनि स्वत कार्यान्वयनमा गएको छ । हालका २ सय १७ नगरपालिका, उपमहानगर सहित  ३ हजार १ सय ५७ वटा गाविस संविधानअनुसार पुन ः संरचना गरिएपछि ७ सय ४४ वटा स्थानीय तहमा परिणत भएका छन् । अहिले पहिलो चरणमा चुनाव सम्पन्न भएपछि आगामी जेठ ३१ गते दोश्रो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ चारवटै  चितवनबाहेक तराईका सबै जिल्ला र अन्य पहाडी जिल्लासमेतको ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन दोस्रो चरणमा हुनेछ । यसैबीच निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि कतिपय क्षेत्रको मतगणना आजैसाँझबाट शुरु गरिने छ । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रको मतपेटिका आएपछि जतिसक्दो छिटो मतगणना गरिने आयोगको भनाई छ । उपत्ययकालगायतका जिल्लामा आजै साँझबाट मतगणना शुरु गरिनेछ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top