वक्रा एरिया समितिको तेस्रो भेला सम्पन्न


वक्रा एरिया समितिको तेस्रो भेला सम्पन्न

बिबेक पुलामी मगर , दोहा कतार
वक्रा एरिया समिती को एरिया भेला
मिति ११ मे २०१७ का दिन नेपाल मगर संघ, शाखा कतार, वक्रा एरिया समितीको तेस्रो भेला समितिका सचिव दिपक मगर को अध्यक्षता, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको केन्द्रिय समितिका का. वा. महासचिव बिबेक पुलामी मगर, केन्द्रिय सदस्य शुक्र ब. पुलामी मगर, दोहा एरिया समितिका सचिव तिल बिक्रम मगरको आतिथ्यमा वक्राको फेमिली पार्क मा वक्रा एरिया समितिका पदाधिकारी र अन्य मगरहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको छ ।

वक्रा एरिया समितिको भेलाको औपचारिकता संगै शुरु भएको कार्यक्रममा उपस्थितिहरुलाई स्वागत सदस्य रबि पुलामी मगरले गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै वक्रा एरिया समितिवाट अहिले सम्म संघको हरेक कार्यहरुमा अगाढी बढिरहेकोमा पुरानो कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिंदै अव वन्ने नयां कार्यसमितिका पदाधिकारीहरुलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यसैगरि प्रमुख अतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले मन्तव्य राख्नु हुँदै सन २००० जुन ३० बाट स्थापना भएको यस नेपाल मगर संघ, शाखा कतारले स्थापना भएको समय देखि हाल सम्म गरेका कार्यहरू र भबिष्यमा गर्ने कार्यहरुको बारेमा अवगत गराउनु भएको थियो । यस वक्रा एरिया समिति सन् २०१३ अप्रिल २६ तारिक देखि गठित यस समितिले शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्तगर्दै शुभकामना पनि दिनुभएको थियो । उहाँले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था र सनैया बि एरिया समिति हरेक क्षेत्रमा अगाढी बढि रहेकोमा संपुर्ण कार्य समितिका पदाधिकारी लाई धन्यवाद दिनु भएको थियो ।

बन्द शत्रको कार्यक्रममा सचिव दिपक याक्चाई मगरले सांगठिनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम पुलामी मगरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सामान्य शंसोधनका साथ भेलाले सर्वसहमत वाट पारित गरेको थियो । केन्द्रिय समितिका का. वा. महासचिव बिबेक पुलामी मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले यस भेलावाट श्याम पुलामी मगर (मोरङ)को अध्यक्षतामा ११ सदस्यिय समितिको सदस्यलाई निर्बिरोध निर्वाचित घोषणा गरिएकोे थियो । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष देबिराम पुन मगर (प्युठान), सचिव दिपक मगर (मोरङ), सह सचिवमा हिरा ब. घर्ति मगर(बाग्लुङ), कोषाध्यक्ष रबि पुलामी मगर (पाल्पा) अन्य सदस्यहरुमा अर्जुन मगर (मोरङ), बिर ब. मगर (बाग्लुङ), पृथ ब. बुर्जा मगर(उदयपुर), उत्तर कुमार पिठाकोटे मगर (मोरङ), पुर्ण ब. मगर(मोरङ), जोगमान घर्तिमगर (रोल्पा), सुनिल माकिम मगर(नवलपरासी) निर्बिरोध निर्वाचित हुनुभएको थियो । भने बैकल्पिक सदस्यमा यम ब. चितौरे मगर (नवलपरासी) लाई चयन गरिएको थियो ।

नेपाल मगर संघ, शाखाको १२ औं महाधिवेशन जुन ३० २०१७ मा हुन गैरहेको ले संघको मातहतमा रहेको संपुर्ण समिति, कोष आदि सबैको बिधानत भेला, साधारण सभा गराउनु पर्ने प्रावधान रहेको छ ।  
नव निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिको रहोवरमा प्रमुखअतिथी अध्यक्ष महेन्द्र थापामगरले संस्थागत शपथ ग्रहण गराउनुभएको थियो । अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयां निर्वाचित सदस्यहरुमा भविष्यमा वक्रामा रहेका मगरहरु संग हातेमालो गरी समितिलाई अगाढी लैजानुपर्ने  र यस कार्यका लागि संपुर्ण पदाधिकारीहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भएको थियो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top