आफुलाई मत नहाल्नेको पनि काँग्रेसले सुरक्षा गर्ने


आफुलाई मत नहाल्नेको पनि काँग्रेसले सुरक्षा गर्ने

१४ मे, २०१७ काठमाडौं ।

नेपाली काँग्रेसले आईतबार हुने मतदानमा आफुलाई मत नहाल्नेको पनि सुरक्षा गर्ने भएकाले ढुक्क भएर मतदान गर्न सवै मतदातालाई आह्वान गरेको छ । 
काँग्रेसको प्रचार प्रसार उपसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका सहसंयोजक गगनकुमार थापाले मतदान गर्ने अधिकारको पुर्ण सदुपयोग गर्न पनि आह्वान गर्नुभयो । 

कसैबाट पनि प्रभावित नभइ मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउन समेत उहाँले आग्रह गर्नुभयो ।  मन्त्रीहरुले नै आचार संहिता उल्लघन गरेको आरोपका संवन्धमा स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाले बाणिज्य मन्त्री रोमी गौचलनले र आफुले आचार संहिता उलंघन गरेको आरोप पूर्णतः आधारहिन भएको बताउनु भयो ।  

निर्वाचन आयोगको निर्णय अनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिए बमोजिमको मात्रै काम गरेको र अहिले पनि सोही अनुसारका मात्रै गतिविधिहरु गरिरहेको उहाँले जानकारी दिनुभयो ।  मन्त्री थापाले मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएकोकाले बन्द कोठामा भेटघाट र छलफलहरु गरेको स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो, “हिडडुल गर्न पाउने हाम्रो अधिकार छ, त्यसका लागि कुनै पार्टीसँग स्विकृति लिनु पर्दैन, तर आचार संहिता अनुरुप गरेको कामलाई पनि दुसप्रचार गरिएको छ ।”

आफुहरु माथी लागेको आरोप पुष्टी गर्न चुनौती दिदै उहाँले आचार संहिता विपरित आफुहरु माथी हुलहुज्जत भएको भनेर काँग्रेसले नै उनीहरु विरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिनुभयो ।  “आफुहरुको तर्फबाट कुनै आचारसहिता उलंघन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौं,” उहाँले भन्नुभयो । 

निर्वाचन परिणामको पूर्बानुमानका आधारमा हतास र निराश मानसिकतामा कार्यकर्तालाई उत्तेजित पार्ने कार्य नगर्न एमाले नेतृत्वलाई मन्त्री थापाले आह्वान गर्नुभयो ।  आफुहरु विरुद्ध गरेको दुसप्रचारले प्रचार गर्नेहरुलाई नै आघात पुर्याएको उहाँको भनाई छ ।  उहाँले आईतबार हुने मतदानबाट जनताले गरेको फैसला मान्न आफुहरु तयार रहेको बताउनुभयो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top