नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सन्देश
 

आदरणीय दाजुभाइ दिदिबहिनीहरु,

मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । २०७४ साल बैशाख ३१ गते संविधानको नयाँ व्यवस्था अनुरुप स्थानीय तहको पहिलो निर्वाचन हुदैछ । नागरिकको अधिकार नागरिककै तहमा पु¥याउने यो निर्वाचनको ऐतिहासिक महत्व छ । संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने यो पहिलो खुड्किला हो । तसर्थ यो निर्वाचनलाई आम नेपाली नागरिकले उल्लासमय पर्वका रुपमा लिएर शान्तिपूर्ण रुपमा सफल बनाउन हार्दिक आह्वान गर्दछु । साथै निर्भयका साथ मतदान गर्ने पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछु ।

यो निर्वाचनलाई संविधानसभा मार्फत नेपाली नागरिक आफैंले लेखेको संविधानलाई पूर्णता दिने अभियानका रुपमा बुझ्नु आवश्यक छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संघीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिता जस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोशेढुंगा सावित हुने बिश्वास मैले गरेका छु । 
आम नेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन पनि हो । स्थानीय तह विकासको आधारशीला हो ।

जनसहभागिता जति बढि हुन सक्छ, आमनागरिकमा उति नै धेरै अपनत्वको भावना जागृत हनेछ । यो निर्वाचनमा सहभागी हुन आम मतदाताले देखाउनु भएको उत्साह र उमंगले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको छ । तसर्थ यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन म आम नेपाली दाजुभाइ दिदिबहिनीलाई हार्दिक अपील गर्दछु । 

जय नेपाल ।
 

२०७४ बैशाख ३० 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top