कांग्रेस कार्यकर्तामाथि एमालेको आक्रमण


 

दमौली, तनहुँ -  नेपाली कांग्रेसका कार्यकर्तामाथि भिमादमा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेकाछन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समितितनहुँले दिएको जानकारी अनुसार भीमादको राङरुङमा चुनावी प्रचार सकेर फर्कंदै गर्दा कांग्रेस कार्यकतामाथि बिहिबार राती आक्रमण भएको थियो ।

भीमाद वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेदवार सूर्य कुमार श्रेष्ठको निवासमा जम्मा भएका एमाले कार्यकर्ताले प्रचारबाट फर्केका कांग्रेस कार्यकर्तामाथि पहिले बोतल तथा ढुंगा प्रहार गरेका थिए । .‘हामी चुनावी कार्यक्रम गरेर फर्कंदै गर्दा एक्कासी घरमाथिबाट आक्रमण भयो,’ कांग्रेसका जिल्ला नेता राजेन्द्र खनालले भन्नु भयो,‘त्यसपछि घेरेर कुटपिट गरियो ।’

घटनामा कांग्रेसका ७ जना कार्यकर्ता घाइते भएकाछन् । घटनामा परी गम्भीर घाइते भीमादमालेबगर निवासी २२ वर्षका बिमल थापाको चारवटा दाँत झरेको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत थापाको अनुहारमा ६ टाँचा लगाइएको छ । 

उम्मेदवारको गाडिमुनि बम :- 

आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष उम्मेदवार दिपक श्रेष्ठको सवारी साधनमुनि बम जस्तो वस्तु भेटिएको भेटिएको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top