मलेसियामा शान्ति पद यात्रा सम्पन्न ।


मलेसियामा शान्ति पद यात्रा सम्पन्न ।
क्वालालम्पुर, बिगतको वर्षा झैं यस वर्षा पनि क्वालालम्पुर मलेसियामा बौद्ध बिहार हुँदै २१ किलोमिटर पदयात्रा सम्पन्न  गरिएको छ । वुद्ध नेपालमा जन्मेका हुन भिजिट नेपाल भन्ने नाराका साथ २५६१ औं बुद्ध जयन्ती मनाएको हो । 
 
गैर आवासिय नेपाली संघ मलेसिया तथा नेपाल आदिवासी जनजाति महासघ मलेसिया प्रमुख आयोजकमा सहआयोजकमा तामाङ समाज मलेसिया, शेर्पा किदुक मलेसिया, नेपाल मगर संघ मलेसिया, तमु समाज मलेसिया, तामाङ बौद्ध महासंघ मलेसिया, घले समाज मलेसिया, प्रबासी थारु सेवा समाज मलेसिया, सुनुवार सेवा समाज मलेशिया, किरात याक्थुङ चुम्लुङ, किरात राई आयोख्या, धिमाल जाती बिकास प्रबास मलेशिया, नेपाली व्यवसायी समाज मलेशिया, नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशिया, नेपाली जनप्रगतिसिल मंञ्च मलेशिया, नेपाली श्रमिक मंच मलेशिया, अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया, ताप्लेजुङ प्रवास समिति मलेसिया, ओखलढुंगा एकता सेवा समाज मलेसिया, सुदुर पश्चिम सेवा समाज मलेसिया, प्रबासी सितोरियो कराते संघ मलेशिया, भोजपुर सेवा समाज मलेशिया, खोटाङ सेवा समाज मलेशिया रहेको थियो । कार्यक्रममा वुद्ध वाज वोन ईन नेपाल लेखिएको टिसर्ट लगाई २४ वटा सघ सस्थाका प्रतिनिधि तथा नेपालीहरुले मे १० तारीख २०१७ को दिन बिहान ७ बजे देखि बौद्ध बिहार ब्रेकफिल्डमा पुजापाठ गरि बेलुकी ७ बजे बाट बुद्ध जयन्ती पदयात्रा भएको थियो । 
 
शान्ति पदयात्रामा सयौ नेपालीहरुको उपस्थितीमा लोरिमा बुद्धको मुर्तिलाई सजिसजावट गरेर २१ किलो मिटर पदयात्रा गरिएको हो । र्यालीमा मलेसिया, जापान, चीन, हङकङ, थाइल्यान्ड, नेपाल, म्यानमार, भारत, कोरिया, सिङ्गापुर, लाओस, श्रीलंका, भुटान, क्याम्बोडिया, बर्मा इत्यादी राष्ट्रियहरुले बुद्ध जयन्ती आफै राष्ट्रियको पहिचानमा लोरी सजाएर सहभागिता जनाएका थिए ।  नेपालको लोरिमा बुद्धको मूर्तिलाई सजिसजावट गरि नेपालको झन्डा लुम्बिनीको सबै मूर्तिकलाहरुलाई त्यहा सजाई भिजिट नेपाल, वुद्ध वाज वोन ईन नेपाल लेखी शान्तिर्याली पदयात्रा गरि, बुद्ध जयन्ती बौद्ध मार्गीहरुले मात्र नभएर नेपालको राष्ट्रिय बिभुती एसिया तारा भएको हुनाले सिङ्गो नेपालीहरुले भब्य रुपामा मनाउनु पर्छ भन्ने सन्देश दिनका लागि यसपालिको बुद्ध जयन्ती मलेसियाका सकृय सघ सस्थाका एकतामा सम्पन्न भएको आदिवासी जनजाति महासघ मलेसियाका अध्यक्ष दिपक तामाङ र गैर आवासिय नेपाल संघ मलेशियाका महासचिव सुन्दर आलेले जानकारी दिनु भएका छन ।