मिस नेपालमा मोरङबाट निकिता, भोटका लागी सबैलाई अपिल


मिस नेपालमा मोरङबाट निकिता, भोटका लागी सबैलाई अपिल

किसोर श्रेष्ठ, उर्लाबारी, २९ वैशाख

सानैदेखि मोडलिङमा विषेश चासो राख्ने मोरङ उर्लाबारीकी निकिता चाण्डक यतिबेला यसै क्षेत्रमा आफ्नो भविष्य खोज्दै छिन् । फिजिकल बनावट र सुन्दर मुहारकी धनी २२ वर्षीया निकिता हाल मिस नेपाल २०१७ को बन्द प्रशिक्षणमा व्यस्त छिन् । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको २२ औं संस्करणमा निकिता मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी बनेकी हुन् । ५ फिट ९ इन्च अग्ली निकिता चर्चित भारतीय अभिनेत्री दीपिका पादुकोणको अभिनय कलाबाट प्रभावित रहको बताउँछिन् ।

देश तथा विदेशमा भएका विभिन्न मोड्लिङ प्रतियोगीताहरुमा सहभागी रहदै आएकी उनी भारतको बैंग्लोरस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीमा ग्राजुएशनकी विद्यार्थी समेत हुन् ।  पुणे फेसन विक २०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो २०१६ जस्ता चर्चित फेशन शोमा उनले सहभागिता जनाएकी छिन् । जसमा उनी उत्कृष्ट समेत बनेर आफ्नो अब्बलता उनले सावित गरीसकेकी छिन् ।

यस्तै भख्खरै काठ्माडौंमा समपन्न टिजिएफ नेपाल फेसन विक २०१७ मा पूर्व मिस नेपालले ‘सम्भावना बोकेकी’ मोडल भनेपछि चाण्डक एकाएक फेसन नगरीमा चर्चामा आएकी छिन् । उनलाई मिस नेपाल बनाउनका लागि उर्लाबारीवासी पछिल्लो समय एकजुट भएर लागेका छन् । खुल्ला प्रतिस्पर्धाबाट मिस नेपाल २०१७ मा सहभागिता जनाइरहेकी चाण्डक प्रतियोगी नम्बर १४ हुन् । मोड्लिङसँगै सामाजिक कार्यहरुमा समेत सक्रिय उनी उर्लाबारी जेसीजकी क्रियाशील सदस्य समेत हुन् । नृत्य, गीत र मोडलिङमा रुची राख्ने निकिता भबिष्यमा सफल नायिका बन्ने बताउँछिन् । मिस नेपाल बनेर मोड्लिङका माध्यमबाट उर्लाबारीलाई मात्र नभएर सिंगो देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राख्ने उनी सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउँछिन् ।

निकितालाई भोट गर्नका लागि मोबाइलमा MN(space_14 n]lv 33001मा पठाउन सकिन्छ । आयोजक द हिडन ट्रेजरका अनुसार मिसनेपाल २०१७ को घोषणा जेठ १९ गते राजधानीको अन्नपूर्ण होटलमा हँुदैछ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top