नुवाकोटमा एमालेद्धारा गुण्डागर्दी काँग्रेस सचिब माथी आक्रमण


नुवाकोटमा एमालेद्धारा गुण्डागर्दी काँग्रेस सचिब माथी आक्रमण

नुवाकोट बैशाख २९

स्थानिय र्निाचनको मिति नजिकिदै जादाँ नुवाकोटमा नेकपा एमालेका कार्यकर्ताले नेपाली काङ्ग्रेसका जिल्ला सचीव तथा स्थानीय सुरेन्द्रराज अधिकारी र अन्य २ स्थानीयमाथी हिडिरहेका अवस्थामा बाटोमा रोकि आक्रमण गरेका छन ।

निर्बाचनको प्रचार प्रसारमा रहेका अधिकारीलाई नेकपा एमालेका बिदुर नगरपालिकाको मेयर पदमा उमेद्वार सञ्जु पण्डितको नेतृत्वमा गएको एमालेको एक जत्थाले आक्रमण गरेको हो ।  अधिकारीका अनुसार बेलुका आफु बिनपा ९ को दशमुरे भन्ने स्थानमा कार्यक्रम सकेर घर फकर्दै गरेको अबस्थामा बाटो छेकेर नेकपा एमालेका बिदुर नगरपालिका मेयर पदका उमेद्वार सञ्जु पण्डित सहितको एक टोलिले आफुलाई बाटो छेकी लछारपछार गर्दै घम्की पुर्ण शैलीमा आक्रमण गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

आफु कार्यक्रम सकेर घर फकर्दै गर्दा पैसा बाड्न गएको आरोप लगाउदै  बेलुकी १० बजेको समयमा  पैसा बाड्न जान लागेको भनी गुन्डागर्दी शैलीमा बिच सडकमा रोकेका हुन । एमालेका मेयर पदको नेतृत्वमा रहेको टोलीले अधिकारी सहित अन्य दुई जनालाई आक्रमण गरी मोवाइल फोन र मोटरसाइकल समेत नियन्त्रणमा लिइ पैसा बाड्न जान लागेको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसार घटनामा अधिकारी दोसी नभएको बताइएको छ । स्थानिय बुद्धीजिबीका अनुसार चुनाव हार्ने निश्चित देखिएपछी कमजोर मानसिकताका साथ यस्ता हर्कतले उनिहरुको वास्तविक रुप देखिन थालेको बताएका छन ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top