कालिकोटमा कांग्रेसको स्थिति मजबूत


कालिकोटमा कांग्रेसको स्थिति मजबूत

 

ललितपुर, बैशाख २८ ।

कालिकोटका नगरपालिका र गाँउपालिकाहरुमा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लेको छ ।घरदैलो कार्यक्रममा मतदाताहरुको अभूतपूर्व सहभागिता देखिएको छ । जिल्लाबाट प्राप्त जानकारी अनुसार कांग्रेसका उम्मेदवारहरुले मतदाताको मन जित्ने सफलता पाएका छन् । तेजगतिमा बढीरहेको आफ्नो प्रचार अभियानलाई आज बेलुका बिश्राम दिए पछि कांग्रेसको ध्यान मतदान व्यवस्थापनमा केन्द्रित हुनेछ ।

खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकामा नेपाली कांग्रेसले पदमबहादुर शाहीलाई नगरप्रमुखमा उम्मेदवार बनाएको छ । उहाँ २०३६ सालको जनमत संग्रहदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहदै आउनु भएका शाही मतदाताबीच लोकप्रिय हुनुहुन्छ । २०४६ पछि कालिकोट जिल्लामा कर्मचारी युनियनको संस्थापक अध्यक्ष हुदै कर्मचारी युनियनको केन्दीय सदस्य बन्नुभएका शाहीको विकासप्रतिको लगाव र जनसेवी भावनाले नगरबासीहरुको विश्वास जितेको छ । पार्टीको जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिसक्नु भएका शाही अहिले पनि जिल्ला कार्यसमितिका सदस्य हुनुहुन्छ ।

नेपाली कांग्रेसले कालिकोटको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकामा राजकौंरा शाहीलाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । २२ वर्षियाँ शाही नेवि संघ र महिला संघमा रहेर विभिन्न जिम्मेवारी सम्हालि सक्नुभएको छ । राजनीतिक पृष्ठभूमिको परिवारकी सदस्य शाहीका दाजु टेकबहादुर पार्टीको महासमिति सदस्य र नेवि संघको पूर्व केन्द्रीय सदस्य भैसक्नुभएको छ भने सशुरा मीनबहादुर शाही नेपाल शिक्षक संघमा आबद्ध रहनुभएको थियो ।

रास्कोट नगरपालिका

रास्कोट नगरपालिकामा नेपाली कांग्रेसले दानबहादुर बमलाई नगरप्रमुखमा अघि सारेको छ । नेपाल शिक्षक संघको संस्थापक जिल्ला सदस्य समेत रहनु भएका बलमे शिक्षक संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा बहन गरिसक्नुभएको छ । हाल पार्टीको महासमिति सदस्य रहनुभएका बमलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरेर यातना दिएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ ।

तिलागुफा नगरपालिका

कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले शंकरप्रसाद उपाध्ययलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्राको आरम्भ गर्नुभएका उपाध्ययले पार्टीको विभिन्न जिम्मेवारी सम्हालि सक्नुभएको छ । पार्टीको जिल्ला उपसभापति रहनुभएका उपाध्यय समाजसेवी र विकासप्रेमी नेताको रुपमा चिनिनुहुन्छ ।

नेपाली कांग्रेसले तिलागुफा नगरपालिकाको उप–प्रमुखमा लक्ष्मी शाहीलाई अघि सारेको छ । लामो समयदेखि पार्टीमा आबद्ध रहनुभएको शाही नेपाल महिला संघमा समेत उत्तिकै सक्रिय रहनुभएको छ । विभिन्न सामाजिक संघ संस्था मार्फत महिला जागरणका साथै आर्थिक र सामाजिक विकासमा सक्रिय रहनुभएको शाही पार्टीको जिल्ला कार्यसमितिका सदस्य हुनुहुन्छ ।

 

 

 

 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top