धादिङका नगरमा कांग्रेसकै लहर


धादिङका नगरमा कांग्रेसकै लहर

धादिङका नगरमा कांग्रेसकै लहर

ललितपुर,बैशाख २८ ।

धादिङ्का नगरपालिका र गाँउपालिकाहरुमा पनि नेपाली कांग्रेसको पक्षमा लहर देखिएको छ । कांग्रेसले थालेको घरदैलो अभियानमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । धादिङ् कांग्रेसले आजसाँझसम्म प्रचार अभियान तीव्र गतिमा जारी राख्ने र भोलिबाट मतदानको कार्यक्रम व्यवस्थित गर्न पार्टी संयन्त्र परिचालन गरिने बताएको छ । निर्वाचनमा माओवादी केन्द्रसंग तालमेल समेत भएकोले कांग्रेसका उमेद्वारहरु विजय सुनिश्चित भएको दावी गर्दछन् ।

निलकण्ठ नगरपालिका

जिल्ला सदरमुकाम समेट्ने निलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले भीम ढुंगानालाई अघि सारेको छ । १४ वर्षको उमेरमा नै नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुनुभएका ढुंगाना कक्षा ९ मा अध्ययनरत रहदा २०३९ सालमा जिल्ला सभापति बनिसक्नुभएको थियो । २०४२ सालको सत्याग्रहमा पक्राउ परेर नुवाकोट कारागारमा बन्दी बन्नुभएका ढुंगाना आन्दोलनका क्रममा दर्जनौ पटक प्रहरी हिरासतमा पर्नुभएको थियो । २०४८ सालदेखि लागातार पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्दै आउनुभएका ढुंगानाले पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हाली सक्नुभएको छ । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन मुरलीभञ्ज्याङ गाविसको निर्वाचित अध्यक्ष बन्नु भएका उहाँ २०५५ देखि हालसम्म गाविस राष्ट्रिय महासंघको महासचिव रहिआउनुभएको छ । सडक वोर्डको सञ्चालक समिति सदस्य र ग्रामिण खानेपानी तथा सरसफाई विकास समितिको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिसक्नुभएका ढुंगानाको समाजसेवी भावना र विकासप्रतिको समर्पण नै मतदाताको आकर्षण भएको छ । यस नगरपालिकामा नगरप्रमुखमा माओवादीले कांग्रेसलाई सघाएको छ भने उपप्रमुखमा कांग्रेसले माओवादी उम्मेदवारलाई सघाउदै छ ।

धुनिवेसी नगरपालिका

नेपाली कांग्रेसले धुनिवेसी नगरपालिकामा प्रमुखको रुपमा अघि सारेका माधवराज पाण्डे २०३२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।  बुबा केशवराज पाण्डेको राजनीतिक संस्कारबाट दीक्षित पाण्डे माध्यमिक शिक्षा अध्ययन कै क्रममा नेवि संघको सदस्यता लिएर राजनीतिमा होमिनु भएको थियो । बाल्मिकी क्याम्पसमा इकाई सदस्य भएर काम काम गर्नुभएका पाण्डेले पार्टीको क्षेत्रीय सभापति र जिल्ला सह–सचिवको जिम्मेवारी एकै पटक बहन गर्नुभयो । पटक पटक पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुदै आउनुभएका पाण्डे ०६२÷०६३ को जनआन्दोलनमा प्रहरी हिरासतमा पर्नुभएको थियो । २०७० को संविधानसभा निर्वाचनमा उनी धादिङ क्षेत्र नम्बर ३ बाट सांसदका लागि सिफारिश हुनुभएका पाण्डे नेपाल ज्योतिष परिषदको केन्द्रीय अध्यक्ष र विश्व ज्योतिष महासंघको केन्द्रीय सदस्य समेत हुनुहुुन्छ ।

मिलनसार,मृदुभाषी र सामाजिक विकासको भावनाले ओतप्रोत रहनुभएका पाण्डे धुनिवेसीका जनताको आकर्षणको केन्द्र बन्नुभएको छ ।

धुनिवेसी नगरपालिकामा नेपाली कांग्रेसले उप–प्रमुखमा अप्सरा कोइरालालाई अघि सारेको छ । नेपाल महिला संघबाट राजनीतिमा सक्रिय रहदै आउनुभएकी कोइराला सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाल जेसीसको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएकी कोइराला उपभोक्ता अधिकार मञ्चको समेत उपाध्यक्ष रहनुभएको थियो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top