नबनवलपरासीमा एमाले उमेदवारमाथी ढुंगा प्रहार


नबनवलपरासीमा एमाले उमेदवारमाथी ढुंगा प्रहार

नवलपरासी, बैशाख २८ । नवलपरासीको बुलिंगटार गाउपालिकाका नेकपा (एमाले) को तर्फबाट गाउपालिका प्रमुखको उमेदवार बनेका विद्रोही गिरीमाथी सांघेतिक आक्रमणको प्रयास भएको छ । उक्त गाउपालिकाको सिघुवा भन्ने ठाउमा एमालेद्धारा  आयोजित चुनाबी सभालाई सम्बोधन गरेर घर फर्किदै गरेकाा गिरी माथी नेपाली कांग्रेसका नारायण पाटा र नेविसंघका सुवास देवकोटाको समुहले ढुंगामुढा गरेका हुन् ।

घटनाबारे जानकारी गराउदैं एमाले नेता गिरीले भने ‘हामीले चुनाबी सभा समापन गरेर फर्किदै थियौं । एक्कासी हामी माथी ढुंगा मुढा भयो । बल्ल तल्ल बाचियो ं । ‘गिरी अहिले बुलिंगटार प्रहरी चौकीमा छन् ।उनको अवस्था सामन्य रहेको चौकीले जनाएको छ । करिब १० हजार मतादाता रहेको बुलिंगटार गाउपालिकामा एमालेको पक्षमा जनलहर उर्लिएपछि अन्य दल हतास हुदैं उमेदवार माथी आक्रमण गरेको बुझिएको छ । एमालेले विहीबार सिघुवामा आयोजना गरेको चुनाबी सभामा ५ हजारको हाराहारीमा जनता उपस्थित भएका थिए । सभा स्थल भन्दा २ सय मिटर पूर्वमा गिरी माथी आक्रमण भएको हो ।एमालेले आफ्ना उमेदवार माथी भएको आक्रामणको घोर भत्र्सना गर्दै त्यस्तो कार्य तत्काल नरोके प्रतिकारमा उत्रीने चेतावनी समेत दिएको छ ।

राष्ट्रिय समाचाार समिती (रासस) मा दशकौं देखी कार्यरत गिरी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य, जिल्लाको अध्यक्ष तथा विभिन्न राष्ट्रिय मिडीयामा आवद्ध थिए । नेपाल पर्यटन पत्रकार समाज –नेफेज)का अध्यक्ष समेत रहेका गिरी आसन्न निर्वाचनमा अबको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने भनाइलाई आत्मसाथ गर्दै राजनितीक मोर्चामा होमिएका हुन् । नवलपरासीमा मात्रै नभएर राष्ट्रिय स्तरमा युवा अवस्थामा नै पत्रकारिता मार्फत राम्रो छवि बनाएका गिरीको बुलिंगटारमा उमेदवारीले त्यस क्षेत्रको विकास र समृद्धिमा आशाको दीयो जगाएको छ ।

पुराना र वृद्धा उमेरका व्यक्तिबाट आजित भएका त्यस क्षेत्रका जनताले पढेलेखेको , सचेत र सक्रिय उमेदवारले निर्वाचन जितेमा आफु र आफ्नो क्षेत्रको भविष्य सुन्दर हुने भन्दै गिरीको पक्षमा लागेपछि त्यस क्षेत्रमा गिरीलाइ हतोत्साहि गर्न कांग्रेसका केन्द्रिय नेताहरु नै लागीपरेका छन् ।  गिरीको प्रतिसपर्धिको रुपमा कांग्रेसका तर्फबाट उमेदवार बनेका शसीकिरण बास्ताकोटी सहित ४ जना रहेका छन् ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top