दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु


दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु

११ मे, २०१७
काठमाडौं । आगामी बैशाख ३१ गतेका लागि आह्वान गरिएको स्थानीय तहको चुनावका लागि मतदाता लिएर दोलखा जाँदै गरेको यात्रुबाहक बस आज बिहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी अरु  केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार  स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखाका लागि हिँडेको नम्बर नखुलेको बस बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ । सो दुर्घटनामा परी दोलखा लामिडाँडा वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु  भएको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको जिल्ला अस्पताल र बाँकीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । नेकपा माओवादी केन्द्रले रिर्जभ गरेर आफ्ना मतदातालाई लिएर काठमाडौंबाट दोलखा जाँदै गरेको सो बस आज अपरान्ह दुर्घटनामा परेको हो । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top