युएइमा हुने २५६१ औं बुद्ध जयन्तीको सम्पुर्ण तयारी पुरा


युएइमा हुने २५६१ औं बुद्ध जयन्तीको सम्पुर्ण तयारी पुरा

निमकान्त पाण्डे, दुबई ७ मे।

युएईमा क्रियासील रहदै आएका ४५ भन्दा बढी नेपाली संघसस्था तथा व्यवसायीहरुको संयुक्त आयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्तीलाई भब्य तरिकाले मनाउन भएका छन।  इस्मरण रहोस वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ।  अबुधाबीको मुसफाह स्थित मलायली समाजम हलमा मे १२ सुक्रबार का दिन हुने कार्यक्रम को सम्पुर्ण तयारी पुरा भएको कुरा मूल आयोजक समितिका सदस्य  गोविन्द ढकालले मजदुर अनलाईन लाई जानकारी दिए ।

बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिए अनुसार आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हाल नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रिय बिभुती शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभूमी नेपाल हो भन्ने अभिप्रया बोकेको यस कार्यक्रमले नेपालको पर्यटक प्रबर्द्धनसंगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्नको लागि पनि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ।  बौद्ध महासंघको पुर्व अध्यक्ष एवं बौद्ध धर्म गुरु खेन्पो भगेन्द्र सिला को प्रवचन सहित नेपालबाट आउने चर्चित सेलो गायक रोज मोक्तान, लोक गायक खुमन अधिकारी र लोक गायिक कोपिला गुरुङको साथमा युएइमा रहेका नेपाली कलाकारहरुले साकृतिक कार्यक्रम प्रस्तुत रहने कुरा आयोजकले मजदुर अनलाईन लाई जानकारी दिएका छन् ।

युएई का विभिन्न राज्यहरुबाट निशुल्क यातायात सुबिधा रहने हुदा आफ्नो समाजका प्रतिनिधिलाई सम्पर्क गरी कार्यक्रम मा उपस्थित भई कार्यक्रमलाइ भब्य र सभ्य किसिमले सम्पन्न गर्न सहयोग गरिदिनुहुन यु ए इ बासि सम्पूर्ण नेपाली तथा गैर नेपालीहरुलाइ आयोजक टिम ले हार्दिक अनुरोध गरेको छ।

- आयोजक संघसस्थाहरु यस प्रकार छन।

१) नेपाली समाज, युएर्इ

२) नेपाल आदिवासी जनजाती महासंघ, युएर्इ

३) नमस्ते ट्राभल, युएर्इ

४) नेपाल विस्व सहयोग संघ, युएई

५) नेपलिज सोसल कलब, युएर्इ

६) शेर्पा किदुग,युएर्इ

७) किरात याक्थुङ चुम्लुङ,युएर्इ

८) तमु समाज,युएर्इ

९) गोरखा सेवा समाज,युएर्इ

१०) सुनुवार सेवा समाज,युएर्इ

११) काभ्रे सेवा समाज,युएर्इ

१२) नेपाली समुदाय,युएर्इ

१३) थारु समाज,युएर्इ

१४) अन्तरास्ट्रिय नेपाली कलाकार समाज,युएर्इ

१५) दलित एकता संजाल,युएर्इ

१६) लुम्बिनी वेल्फेर सोसाइटी,युएर्इ

१७) पर्बत सेवा समाज,युएर्इ

१८) रुपन्देही सेवा समाज,युएर्इ

१९) नवलपरासी सेवा समाज,युएर्इ

२०) कास्की आदर्श सेवा समाज,युएर्इ

२१) सर्लाही सेवा समाज,युएर्इ

२२) किरात राइ यायोख्या,युएर्इ

२३) नेपाली जनप्रगतिशिल मंच,युएर्इ

२४) नेपाल मगर संघ शाखा,युएर्इ

२५) लि: ल फङ घले समाज,युएई

२६ ) शिलेट ट्राभल्स एण्ड टुर्स, युएई

२७) चितवन समाज, युएई

२८) प्रबासी नेपाली एकता समाज, युएई

२९) तामांग समाज, युएई

३०) अल सम्हा टावर क्याफ्टेरिया युएई

३१) अर्घाखाची सम्पर्क समिति,युएई

३२) स्यांजा सहयोग समाज,युएई

३३) हमालय वर्ल्ड ट्राभल,युएई

३४) नेपाली कलाकार समूह,युएई

३५) प्रबासी भुजेल समाज सेवा समिति,युएई

३६) अन्तराष्ट्रिय नेपाली समाज, युएर्इ

३७) त्रिशुली समाज,युएर्इ

३८) प्रबासी नेपाली माझी समाज,युएर्इ

३९) नेपालीको सगरमाथा रेष्टुरेन्ट, युएर्इ

४०) मितेरी समाज,युएर्इ

४१) धादिंग समाज,युएर्इ

४२) क्युमत अल जबल रेष्टुरेन्ट, युएर्इ

४३) फिस्टेल ट्राभल, युएर्इ

४४) म्याग्दी प्रबासी नेपाली संघ, युएर्इ

४५) नेवा पुच, युएर्इ

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top