तरुण वडा सभापतिमा मनिश


तरुण वडा सभापतिमा मनिश

उर्लाबारी, ७ वैशाख - स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न पार्टीहरुले आफू निकट युवा दस्तालाई सक्रिय बनाएको छ ।

यसैबीच नेपाली काङ्ग्रेस निकट तरुण दल उर्लाबारी नगर वडा न ६ ( साबिक ३ ) को सभापतिमा मनिश गौतम सर्वसम्मत चयन भएका छन् ।

बिहीबार तरुण दल मोरङ जिल्ला सचिव सचिन शाक्यको प्रमुख आतिथ्यमा वडा कार्यालयमा आयोजित भेलाले गौतमलाई सभापतिमा चयन गरेको हो । यसैगरी समितिको उप सभापतिमा बिशाल तामाङ रहेका छन् भने सचिबमा बसन्त भुजेल रहेको छन् । यस्तै सह सचिबमा पशुपति आचार्य, कोषाध्यक्षमा बिक्रम पोदार छन् । यसैगरी सदस्यहरुमा रोशन फुयाल, निशान तामाङ, प्रमोद धिमाल, सुमन विश्वकर्मा र रतन धिमाल रहेका छन् ।

बिपिको दुरदर्शिताबाट तरुणको जन्म भएको स्मरण गर्दै प्रमुख अतिथि शाक्यले युवाले देश निर्माण गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका छन् । समग्र देशको भबिस्य युवाको हातमा रहेकोले सबै युवा एकजुट भएर देश निर्माणमा लाग्नुपर्ने र तरुणले यसमा समन्वयकारी भुमिका खेल्ने पनि उनले बताएका छन् ।

वडाका युवाहरूको बाक्लो उपस्थितिमा आयोजित कार्यक्रम पुर्ब वडा सभापति अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top