बबीले टिकट पाए चुनाव जित्ने


बबीले टिकट पाए चुनाव जित्ने

उर्लाबारी, ७ वैशाख – मिक्लाजुङ गाउँपालिका बासी बीच परिचित नाम हो, मिक्लाजुङ ७ (साबिक मधुमल्ला २ ) निवासी बबि राई । लामो समयदेखि यस क्षेत्रमा ब्यवसायसँगै समाजसेवामा समेत सक्रिय उनले आसन्न स्थानीय निर्वाचनमा उम्मेद्वारी दिने चाहना प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका उनले पार्टीले योग्य मानेर टिकट दिए मिक्लाजुङ गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिन इच्छुक रहेको बताएका छन् ।

मावा नुनसरी सामुदायीक वन मधुमल्लाको सल्लाहकार, हिमचुली बहुदशीय सहकारीको उपाध्यक्ष, समृद्धि अभियान नेपालको उपाध्यक्ष, मधुमल्ला युवा क्लवको सल्लाहकार स्थानीय स्तरका विभिन्न संघसंस्थाको महत्वपूर्ण पदमा रहेर सफलता पूर्वक कार्य सम्पादन गर्दै आएका उनी युवा जमात बीचमा समेत लोकप्रिय मानिन्छन् ।

समाज रुपान्तरणसँगै स्थानीय स्तरको दिगो बिकासमा प्रत्यक्ष रुपमा लाग्नका निम्ति आफू उम्मेद्वार बन्ने चाहना प्रकट गरेको राईको भनाई छ । उनले भने समग्र युवाहरूको प्रतिनिधित्व गर्दै बिशुद्ध बिकास निर्माणका लागि पार्टीले योग्य ठाने उम्मेद्वार बन्नेछु ।

लामो समयदेखि कांग्रेसमा आवद्ध उनी नेपाल तरुण दलको वर्तमान जिल्ला सदस्य र पार्टीको क्षेत्रीय प्रतिनिधि समेत हुन् । स्थानीय मतदाताले समेत बबीले टिकट पाए चुनाव जित्ने बताएका छन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top