बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिकाबाट उपमेयरको लागि दाबेदार


बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिकाबाट उपमेयरको लागि दाबेदार

काठमाडौँ -  बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार बनेकी छिन । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाट उनि किर्तिपुर नगरपालिकामा उपमेयर पदको लागि दाबेदारी बनेकी हुन । मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा किर्तिपुर बासिहरुको प्रिय बन्न सफल बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका किर्तिपुर बाट उपमेयर पदका लागि प्रमुख दाबेदार बनेर उभिएका छन ।

बिस वर्ष पछि हुन लागेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि सबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणालाई तिव्रता दिएका छन ।

निर्वाचनको लागि पुराना तथा नयाँ अनुहारहरुले विभिन्न पदमा आफनो उम्मेदवारीलाई सार्बजानिक गर्न थालेका हुन । यसै बीच किर्तिपुर नगर पालिकाको उप प्रमुख (उपमेयर) को लागि पनि आकाक्षी धेरै देखिएका छन । 

ति मध्यकि एक हुन बरिष्ट समाजसेवी तथा राजनीतिकर्मी सुमित्रा बस्नेत, बिगत डेढ दशक देखि राजनीति तथा सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि उनले काम गर्दै आएकी छिन ।

उनको काम गर्ने इच्छा शक्ति तथा किर्तिपुर बासीहरुको रोजाइमा पर्न सफल महिला र किर्तिपुर नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी  किर्तिपुर नाबासी  जनताले बताएका छन् । सुमित्रा बस्नेत एक निडर, हक्की स्वभावकी, स्वच्छ छबि तथा स्पष्टबक्ता नेत्री तथा समाजसेवीको रुपमा परिचित समेत छिन ।

किर्तिपुर नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा नेत्री तथा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ । 

सुमित्रा बस्नेत नगरलाई हाक्न र किर्तिपुर क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए । किर्तिपुर सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता सुमित्रा बस्नेतको आबस्यकता रहेको र सम्पूर्ण किर्तिपुरबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top