आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा विस्तार


आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा विस्तार

रवि रोषी

बैशाख ६ चितवन - भाटभटेनी मुख्य कार्यालय रहेको आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा चितवनको जयमंगला बजारमा पनि सञ्चालनमा आएको छ । आइसिएफसि फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले आज जयमंगला बजारको केन्द्रमा रिबन काटी विधिवत रुपमा समुद्घाटन गरेका थिए ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका अन्तर्गत जयमंगला दोश्रो मुख्य बजारको रुपमा स्थापित भएको र यहाँ कृषि तथा विभिन्न व्यापार व्यवशायहरु तिव्र गतिमा फष्टाउँदै गएको हुनाले विभिन्न प्रकृतिको बैंकिङ सेवा प्रदान गर्ने हेतुले आइसिएफसि फाइनान्स खोलिएको जयमंगला शाखाका शाखा प्रमुख अमृत घिमिरेले बताए ।

आइसिएफसि फाइनान्स लिमिटेडले सञ्चालनको सुरुवाती दिनबाट नै एटिएम सेवा, एसएमएस बैंकिङ सेवा, एविविएस लकर सेवा, होल्डिङ काउन्टरको साथै अन्र्तदेशीय तथा विदेशबाट प्रभु मनि, आईएमई एक्सचेन्ज लगायत जुनसुकै सेवा प्रदायक रेमिट्यान्स कम्पनीबाट विप्रेषण गरी पठाइएका रकम पनि सजिलै संग तत्काल भुक्तानी दिने सेवा पनि सञ्चालन भईसकेको कुरा शाखा प्रमुख घिमिरेले बताए ।

यसको अलावा आइसिएफसि फाइनान्स लिमिटेडले कृषि कर्जा, ब्यापार कर्जा, विपन्न बर्गका लागि दिइने विशेष कर्जाको साथै रियल स्टेटका लागि पनि लगानी गर्ने नीति लिएर आएको बताए ।

थप सेवा अन्तर्गत यसले सर्वसाधारण सबैका लागि सुपर सेभिङ, विजनेश सेभिङ, केटाकेटी बचत, नारी बचत, युवा बचत र आइसिएफसि विशेष बचत पनि लिएर आएको घिमिरेले बताए ।

६ अरब ५० करोड चालु पूँजी रहेको आइसिएफसि फाइनान्स लिमिटेडको आर्थिक बर्षको लागि ६ अरब लगानी पूँजी नीति रहेको पनि घिमिरेले बताए । काठमाण्डौं लगायत स्यांग्जा, बुटवल, भैरहवा, कपिलवस्तुको ओडारी, चितवनको जयमंगलामा विस्तार गरिसकेको शाखाले पूर्वी चितवनको खुरखुरेमा पनि आजकै दिनमा १४ औं शाखा विस्तार गरेको छ ।

 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top