चिन्तामणि पौडेलका चुनावी माहोल राम्रो


चिन्तामणि पौडेलका चुनावी माहोल राम्रो

 

उर्लाबारी, ६ वैशाख  - स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस उर्लाबारीमा बिभिन्न पदका आकांक्षीहरुको रस्साकस्सी चलिरहेकै बेला चिन्तामणि पौडेल भने “निर्विवाद ” देखिएका छन् । 

काँग्रेसले उहाँलाई उर्लाबारी ६ को वडाध्यक्षको उम्मेद्वारका रुपमा अघि सारेको छ । उहाँसँगै वडा नम्बर ४ बाट बद्री खरेल र वडा नम्बर ५ बाट भानुभक्त पराजुली पनि वडाध्यक्षको उम्मेद्वार बनेका छन् । यद्यपि खरेल र पराजुलीलाई उम्मेद्वार बन्न पौडेललाई जत्तिको सहज भने रहेन । सर्वसम्मत रुपमा उम्मेद्वार चुनिएका ४१ वर्षीय पौडेल स्थानीय स्तरमा विकासप्रेमी व्यक्तिका रुपमा चिनिन्छन् ।

साविकको ३ नम्बर वडा रहेको हालको उर्लाबारी ६ मा विगतका दुई वटा स्थानीय निकायको निर्वाचनमा एमालेले बर्चश्व जमाएको थियो । यसपटक भने एमालेको किल्ला तोड्ने पौडेलको दाबी छ । स्थानीय स्तरका पूर्वाधार निर्माणमा पहलकदमी गरेको र जनताको सुखदुःखमा जोडिएका कारण आफुलाई विपक्षी पार्टीका मतदाताले पनि पत्याउने उनको ठम्याई छ ।

उर्लाबारी ६ मा आफ्नो प्रतिस्पर्धा एमालेसँगै हुने भएपनि जित चाँहि कति मतको अन्तरले हुने भन्ने मात्र बाँकी रहेको पौडेलको कथन छ । उर्लाबारी खानेपानी सरसफाई समितिका सचिव, महारुद्र शिवालय मन्दिरको अध्यक्ष लगायत बिभिन्न संघसस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आफ्नो कार्यसम्पादनबाट वडाबासीहरु प्रभावित रहेको पनि उनी बताउँछन् ।

सानै उमेरदेखि नेपाली काँग्रेसमा आबद्ध पौडेलले दुई÷दुई कार्यकाल उर्लाबारी काँग्रेसको सहसचिव र कोषाध्यक्षको दायित्व निर्वाह गरिसकेका छन् ।

काँगे्रसभित्र व्याप्त चरम गुटबन्दी र घातअन्र्तघातले कतै तपाई हार्नु त हुन्न भन्ने प्रश्नमा पौडेलले भने – मेरो उम्मेद्वारी सर्वसम्मत रुपमा तय हुनु नै स्थानीय स्तरमा बिवाद छैन भन्ने प्रमाण हो । कुल २५ सय ४७ मतदाता रहेको सो वडामा एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top