पोल्यान्डमा पानी अभियानमा दुई दिनमै झन्डै ७५ हजार सहयोग


पोल्यान्डमा पानी अभियानमा दुई दिनमै झन्डै ७५ हजार सहयोग

गैर आवासीय नेपाली संघ पोल्यान्डले राखेको नयाँ वर्षको शुभकामना कार्यक्रममा पानी  अभियानमा रु २८ हजार ७४ रुपैयाँ जम्मा भएको छ । सिन्धुपाल्चोकका विनोद आचार्यले रु २१ हजार , सानो दूधे बालक सहित समावेस भएकी रन्जु भट्टराईले रु ५, हजार  त्यसैगरी कुल बहादुर श्रेष्ठले रु २०७४ रुपैयाँ पानी अभिकर्तालाई प्रदान गर्नु भएको थियो  ।

स्मरण  रहोस्  कुल बहादुर श्रेष्ठले यस अघि नै रु ३ हजार पानी अभियानलाई सहयोग गरिसक्नु भएको छ भने जीवन भर जहाँ जहाँ पानी अभियान संचालन हुनेछ त्यहाँ  त्यहाँ अभियानको नाममा नेपाली नयाँ वर्षको जति सम्वत हो त्यति रुपैयाँ सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ । त्यसो त पानी अभियान शुरु भएको गाउँ सुनपुरमा जबसम्म हरेक घर धारो र सिंचाइ  हुने सुनिश्चितता हुनेछैन  तबसम्म घरमै नजाने गरि पानी अभियानकर्ता मित्रलाल पार्देले पोल्यान्डबाट पानी अभियान चलाइरहनु भएको छ ।

त्यसैगरि दर्पण छाया २  हेर्न पुगेका रुपेन्द्र खड्काबाट रु 24 हजार , ज्ञानेन्द्र भन्डारी, युवराज अडाइ सागर घर्ती बाट रु १५ हजार प्राप्त भएको छ ।हालैका दिनमा पानी अभियानमा सहयोग गर्ने सहयोगीहरु द्रुतगतिमा बढिरहेको जानकारी प्राप्त भएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top