बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार


बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार

काठमाडौँ

बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका बाट उपमेयरको लागि दाबेदार बनेकी छिन l राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाट उनि किर्तिपुर नगरपालिकामा उपमेयर पदको लागि दाबेदारी बनेकी हुन l मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा किर्तिपुर बासिहरुको प्रिय बन्न सफल बरिष्ट समाजसेवी सुमित्रा बस्नेत किर्तिपुर नगरपालिका किर्तिपुर बाट उपमेयर पदका लागि प्रमुख दाबेदार बनेर उभिएका छन l बिस वर्ष पछि हुन लागेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि सबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणालाई तिव्रता दिएका छन ।

निर्वाचनको लागि पुराना तथा नयाँ अनुहारहरुले विभिन्न पदमा आफनो उम्मेदवारीलाई सार्बजानिक गर्न थालेका हुन । यसै बीच किर्तिपुर नगरपालिकाको उप प्रमुख (उपमेयर) को लागि पनि आकाक्षी धेरै देखिएका छन । ति मध्यकि एक हुन बरिष्ट समाजसेवी तथा राजनीतिकर्मी सुमित्रा बस्नेत, बिगत डेढ दशक देखि राजनीति तथा सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि उनले काम गर्दै आएकी छिन l उनको काम गर्ने इच्छा शक्ति तथा किर्तिपुर बासीहरुको रोजाइमा पर्न सफल महिला र किर्तिपुर नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी  किर्तिपुर नाबासी  जनताले बताएका छन्  l सुमित्रा बस्नेत एक निडर, हक्की स्वभावकी, स्वच्छ छबि तथा स्पष्टबक्ता नेत्री तथा समाजसेवीको रुपमा परिचित समेत छिन l 
 
किर्तिपुर नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा नेत्री तथा बरिष्ट समाजसेवी सुमित्रा बस्नेत संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ । सुमित्रा बस्नेत नगरलाई हाक्न र किर्तिपुर क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए । किर्तिपुर सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता सुमित्रा बस्नेतको आबस्यकता रहेको र सम्पूर्ण किर्तिपुरबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ l 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top