लँग आईलंड न्युयोर्कमा नेपाली नव बर्ष २०७४ धुमधामसाथ मनाइयो


लँग आईलंड न्युयोर्कमा नेपाली नव बर्ष २०७४ धुमधामसाथ मनाइयो

लँग आईलण्ड नेपाली समाज न्यु योर्कको आयोजनामा १६ अप्रिल आइतबार हिक्सविलमा भव्यतापूर्वक सम्पन्न शुभ कामना साँझ कार्यक्रममा एक आपसमा शुभ कामना आदानप्रदान सहित विविध साँस्कृतिक कार्यक्रम नाचगान, खानपिन गरि हर्षोल्लाशपूर्बक मनाइयो  ।  

स्थानीय नेपालीहरु सहित न्यु योर्कका विभिन्न क्षेत्रबाट समेत ठूलो नेपालीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय आशामाई मन्दिरका पण्डित श्री पिपलमणि सिग्देलद्वारा शुभकामना तथा स्वागत कविताबाट शुभारम्भ गरिएको कार्यक्रमलाई लोकप्रिय लोक तथा दोहोरी गायक गायिका सुमन बुढ़ामगर र निशा सुनारले उपस्थितहरुलाई नचाएका थिए तेस्तै  गायक प्रेम सेन्चुरीको गायन  नेपाली मोडेल ,गायिका तृष्णा बुढ़ाथोकीको गायन  र नृत्यले समेत भरपुर मनोरंजन गराएको थियो भने कार्यक्रममा नेपाली सिनेमाका नायिका मोडेल आकेशा बिष्ट र नायक सौराम तुलाधरको  समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु रमीला सुबेदी, लोचना सुवेदी, हिमाल श्रेष्ठ र निस्कर्ष कार्कीबाट नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।  

उक्त शुभ कामना साँझ कार्यक्रममा प्रमुख अथिति महाबाणिज्य दूतावास न्युयोर्क का बाणिज्यदूत श्री कृसु छेत्रीले नेपालको भुकम्प पिडितको राहत संकलनमा सराहनिय भूमिका निभाएको वैदिक हेरीटेज र कलाकारहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो १ संस्थाका अध्यक्ष दुर्गेश कार्कीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई संस्थाका उपाध्यक्ष कल्पना थापा र महासचिव परमानन्द खनाल द्वारा संयुक्त रुपमा संचालन गरिएको थियो ।  

कार्यक्रममा गैर आबासीय नेपाली संघ अमेरिकामा आगामी आसन्न निर्वाचनका प्रत्याशीहरुको परिचय समेत गराइएको थियो ।   उक्त कार्यक्रममा प्रमुख अतिथि बाणिज्यदुत श्री कृसु छेत्री अथितिहरु नेपाली जनसम्पर्क अमेरिकाका अध्यक्ष आनन्द बिष्ट  एसियन अमेरिकन एड़बैजरी बोर्डकी निकी, गैर आबासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष रबिना थापाबाट कार्यक्रममा उपस्थितहरुलाई नव बर्षको शुभ कामना दिइएको थियो भने अन्य उपस्थित अथितिहरु ने का  नेत्री मृदुला कोइराला, गैर आबासिय नेपाली संघकी उपाध्यक्ष बन्दना कोइराला ने का का नेता श्यामकाजी गुरुङ नेपाली जन सम्पर्क  समिति लगायत अन्य नेपाली विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो  ।  

कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गेश कार्कीद्वारा शुभकामनाका साथै कार्यक्रममा उपस्थितजन तथा  सहयोग पुराउने संस्थाका पधाधिकारीहरु अन्य संस्था तथा प्रायोजक तथा कलाकारहरुलाई धन्यवाद ब्यक्त गरिएको थियो ।