विद्यार्थी संगठनले दिए निजी विद्यालयलाई शुल्क घटाउन ३ दिनको अल्टिमेटम


विद्यार्थी संगठनले दिए निजी विद्यालयलाई शुल्क घटाउन ३ दिनको अल्टिमेटम

१८ अप्रिल, २०१७
काठमाडौं । निम्नस्तरका नेपाली अभिभावकको ढाड नै भाँच्ने गरी निजी विद्यालयहरुले विद्यालयको शुल्क बढाएको भन्दै विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनले ति विद्यालयहरुलाई तत्काल बढेको मूल्य घटाउन ३ दिनको अल्टिमेटम दिएका छन् । नयाँ शैक्षिक शुल्क शुरु भएसँगै विद्यालयहरुले मनोमानी ढंगले शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले आज निजी विद्यालय सञ्चालकहरुलाई ३ दिनको अल्टिमेटम दिएर तत्काल बढाईएको शुल्क समायोजन गर्न निर्देशन दिएका छन् । आज उनीहरुले सम्बन्धित विद्यालयहरुलाई शिक्षामन्त्री मार्फत् ज्ञापन पत्र बुझाउँदै तत्का बृद्धि भएको शुल्क नघटाइए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । काठमाडौंका निजी विद्यालयहरुले शैक्षिक शत्र शुरु भएसँगै मनोमानी ढंगले शुल्क बृद्धि गरेपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।

उनीहरुले आज शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञपान पत्र बुझाएका हुन् । सर्वोच्च अदालतले समेत शिक्षा मन्त्रालय र शिक्षा विभागबाट अनुमति लिएर मात्रै शुल्क बृद्धि गर्न निर्देशन दिएपनि निजी विद्यालय सञचालनकले यसलाई वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनले सरकार मार्फत् उनीहरुको ध्यानाकर्षण गराएका हुन् । सर्वोच्चले दिएको एक पटक निर्धारण गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाइने र तीन वर्षसम्म बढाउन स्वीकृती समेत दिन नमिल्ने आदेशको वेवास्ता गर्दै निजी विद्यालयहरुले मनोमानी ढंगले मूल्य बृद्धि गरेका थिए ।

विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी०, तराई मधेस विद्यार्थी फ्रन्ट, अनेरास्वियु (छैटौं), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएर ३ दिनभित्र शुल्क घटाउन माग गरेका हुन् । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top