चुनाव विरोधी अभियान चलाउने चन्द माओवादीको कार्यक्रममा प्रहरी हस्तक्षेप


चुनाव विरोधी अभियान चलाउने चन्द माओवादीको कार्यक्रममा प्रहरी हस्तक्षेप

१८ अप्रिल, २०१७
काठमाडौं । आगामी बैशाख ३१ का लागि घोषणा गरिएको स्थानीय तहको चुनावको विरोधमा देशका विभिन्न भागमा चुनाव विरोधी अभियान सञ्चालन गर्न खोज्ने नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीका अनुसार चुनाव विरोधी सभा आयोजना गर्ने क्रममा चन्द माओवादीका कार्यकर्ता सहभागी सभालाई प्रहरीले बुटबलमा हस्तक्षेप गरेको हो । चन्द माओवादीका कार्यकर्ताले चुनावको विरोध गर्दै यसलाई बहिष्कार गर्ने अभियानका साथ सभा आयोजना गर्न लागेको थियो । बुटबलको ट्राफिक चोकमा सभा गर्न खोजेका माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सभा आयोजना गर्न लाग्दा प्रहरीले सो सभामा हस्तक्षेप गरेको हो ।

सिंगो देश चुनाव अभियानमा होमिएका बेला  भएको चुनाव विरोधी गतिविधिलाई कुनै हालतमा सञ्चालन हुन नदिने भन्दै प्रहरीले यस्ता गतिविधि गर्नेहरुमाथि कारबाही गर्ने जनाएको छ । प्रहरीले चन्द माओवादीको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको जनाएको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top