दर्पण छायां २ हेर्न पुगेका रुपेन्द्रबाट पानी अभियानलाई रु २४ हजार सहयोग


 दर्पण छायां २ हेर्न पुगेका रुपेन्द्रबाट पानी अभियानलाई रु २४ हजार सहयोग

पोल्यान्डको वारसवामा प्रदर्शित दर्पण छाया २ हेर्न पुगेका श्री रुपेन्द्र खड्काबाट पानी अभियानलाई आफुले कबुल गरेको १३ हजारलाई बढाएर रु  २४  हजार प्रदान गर्नु भएको छ ।

पानी अभियानकर्ताको हातमा उक्त रकम राखिदिदै  पानी अभियानलाई सहयोग गर्दै श्री खड्काले भन्नु भयो "हामी लाखौं रुपैयाँ जाड रक्सीमा खर्च गर्छौ , लाखौ रुपैयाँ भोज भतेरमा गर्दछौं । "

आज पानी अभियान जस्तो पबित्र काममा सहयोग गर्न पाँउदा कता कता मन्दिर नगए पनि ठूलो धर्म गरे जस्तो लागेको छ ।  

उक्त सहयोग प्राप्त गरिसकेपछि पानी अभियान कर्ता मित्र लाल पार्देले आभार प्रकट गर्नुभएको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top