अमेरिकि अध्यागमनका नयाँ निति बारेमा नेपाली समुदायमा छलफल


अमेरिकि अध्यागमनका नयाँ निति बारेमा नेपाली समुदायमा छलफल

अमेरिका अप्रिल १६ - युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकाको अध्यागमन नितिमा भएका पछिल्ला फेरबदल र यस्ले नेपाली समुदायमा पारेको प्रभाव्, असर एवं सम्भावना का विषयमा संबन्धित क्षेत्रका बिज्ञहरुको छलफल कार्यक्रमको आयोजना गर्‍यो ।

अमेरिकाको अध्यागमन कानूनका संबन्धमा वकिल द्वय खगेन्द्र जी सी र बिनोद रोकाले प्रकाश पार्नु भएको थियो भने बिभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो । यसै गरी समाज शास्त्रका प्रोफेसर डा राजन पन्त ले राष्ट्रपती डोनाल्ड ट्रम्प आए पछी को र बिगत को अध्यागमन संबन्धी अमेरिकि प्रबृत्तिका सम्बन्धमा बोल्नु भएको थियो ।

कार्यक्रममा युएस नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा आमोद पोख्रेलले संस्था र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने संस्थाका कार्यकारी अधिकृत एवं सदस्य सचिव डा अर्जुन बन्जाडे ले  स्वागत मन्तब्य राख्नु  भएको थियो ।

छलफल को  संचालन तरुण पौडेलले गर्नु भएको थियो भने बाल्टिमोर नेपालिज ले फेसबुक मार्फत प्रत्यक्ष्य प्रशारण गरेको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top