गायक रमेशराज भट्टराई अाफ्नै जन्मदिनको दिन बौलाहा भए


गायक रमेशराज भट्टराई अाफ्नै जन्मदिनको दिन बौलाहा भए

काठमाडौँ, बैशाख ३ - गित सङ्गित को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएका चर्चित गाएक रमेशराज भट्टराई ले आफ्नै शब्द , सङ्गित र आवाज मा तयार पारिएको निकै मार्मिक " बौलाहा " नामक गित आफ्नै जन्म दिनको अबसर पारेर सम्पुर्ण दर्शक सामु सार्बजनिक गर्नुभयो ।

 देश तथा बिदेशका  सास्कृतिक कार्यक्रमा अत्यान्त ब्यस्थ देखिने भट्टराई हाल नयाँ बर्ष २०७४ को अबसरमा बसन्त फिल्मस प्रा लि ले आयोजना गरेको बृहत सास्कृतिक कार्यक्रमको निमन्त्रणा स्वृकार गर्दै दोहा कतार मा पुग्नु भएको छ , र आफु दोहा कतारमा नै रहदा यो गित बजारमा सर्बजनिक गर्नुभएको छ । 

माया प्रेममा धोका पएका प्रेमजोडि हरु को यथार्थ कथालाई समेटेर तयार गरिएको यो गित निकैनै मार्मिक रहेको  र  भट्टराईले आफ्नो जन्मदिनको खुसियालि मा सार्बजनिक गरेको यो गित मनपराएर कभरमा गाउने देर्शकहरु मध्य उत्कृषट एकलाई रु. ५१०००/- पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भयो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top