लोक दोहोरी गायिका जुना श्रीसमगरलाई कतारमा सम्मान


लोक दोहोरी गायिका जुना श्रीसमगरलाई कतारमा सम्मान

बिवेक पुलामी मगर , दोहा कतार 

नेपाल मगर संघ, शाखा कतारले मिति १४ अप्रिल २०१७ शुक्रबारको दिन गल्फ प्याराडाईज होटलमा “भेटघाट, परिचयात्मक तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ ।

नेपाल मगर संघ, दोहा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, प्रमुख अतिथि चर्चित लोकप्रिय लोक दोहोरी गायिका जुना श्रीसमगर हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा संस्थाका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो । भने अन्य अतिथिहरुमा नेपाल प्रवासी  मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर संघ, शाखा कतार एरिया समितिहरु बाट दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर,सनैया ए एरिया समितिका कोषाध्यक्ष कृष्ण सोरालीमगर अनि संस्थाका पदाधिकारीहरु, कला तथा सांस्कृतिक विभागका पदाधिकारीहरुको माझ सम्पन्न भएको छ ।  भने कार्यक्रम केन्द्रिय का.वा. महासचिव  बिवेक पुलामी मगरले संचालन गर्नु भएका थियो । कार्यक्रममा पाल्नु भएका पाहुनाहरु तथा उपस्थित सवैका संस्थाका प्रथम उपाध्यक्ष शेर ब.रोका मगरले मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो । 
 
उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगर नेपाल मगर सांस्कृतिक संघ, केन्द्रिय समिति काठमाण्डौंको कार्यसमितिको सदस्य पदमा रहेर पनि नेपाली श्रोता माझ कुशल कलाकारिता मार्फत् आफ्नो कलालाई पस्किदै आउनेक्रममा आफुलाई सफल लोकदोहोरी गायिकाको रुपमा स्थापित गराउन सफल हुनुभएकोले नेपाली लोकसंगीत पारखीहरुमा अगाडि बढ्न थप हौसला मिलोस् भन्ने कामनाका साथ नेपालको मौलिक लोक सँस्कृति तर्पm उहाँले दिनु भएको अमुल्य योगदानको उँच्च मुल्याङ्कन गर्दै संघको तर्फवाट सम्मान–पत्र र मायाको चिनो नेपाल मगर संघ, शाखा कतार को तर्फबाट अध्यक्ष महेन्द्र थापा मग र प्रमुख सल्लाहकार भिम तरामु मगरले प्रदान गर्नु भएको थियो । 

   कार्यक्रममा प्रमुख अथिती जुना श्रीसमगरले सम्पुर्ण कतारवासी मगरहरु तथा नेपाल मगर संघ, शाखा कतारलाई सम्मानको लागि धेरै धेरै  धन्यवाद दिनु भई आफु संधै रिणी भएको र यसको लाज राख्नको लागि मगर र मगरहरुको कला तथा संस्कृतिलाई जिवित राख्नको निमित्त सक्दो कोशिश गर्ने प्रतिवद्धता गर्नु भयो ।
 
अन्तमा, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले राष्ट्रको गहना कलाकारहरु लाई सम्मान गर्नु पाउनु हाम्रो संस्थाको लागि पनि गौरवान्वित कुरा हो अनि हाम्रो संस्थाले कला र कलाकार को सधै सम्मान गरीरहने भन्नुभयो ।

नव वर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना भएको शुभकामना सांझ बसन्त फिल्मस् प्रा.ली. कतारलाई र कार्यक्रम आयोजक समितिलाई चर्चित लोकदोहरी गायिका जुना श्रीसमगर संग भलाकुसारी गर्नका लागि वातावरण मिलाउनु भएकोमा विशेष धन्यवाद दिनु  हुंदै उपस्थित सम्पुर्णलाई कार्यक्रममा सहभागि भएर सफल पारिदिनु भएकोमा धन्यवाद सहित कार्यक्रम समापान गर्नु भयो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top