दोहाको साहित्यिक माहोल झाँगिदै: अनेसास नबोदितको ६८औ डबली सम्पन्न


दोहाको साहित्यिक माहोल झाँगिदै: अनेसास नबोदितको ६८औ डबली सम्पन्न

दीलिप पराजुली, दोहा
 

“जिन्दगी बेचेर गुजारा चालाउने हजार भेटिन्छन यहाँ
असाध्यमाया गरी मनै जलाउने हजार भेटिन्छन यहाँ
उता देशको चाल हेर्दा फुट्न खोज्छछाती मेरो 
आफु चढ्न अर्को ढलाउने हजार भेटिन्छन यहाँ’’

नवबर्षको पहिलो दिन यसै पनि मन निकै चंचल हुने गर्दछ, त्यसमाथि पनि साहित्य प्रेमी सर्जकहरुलाई गजल,कविता सुन्न र सुनाउन पाए पछि सुनमा सुगन्ध हुने  कुरामा दुई मतनि हुदैन ।

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजकतार च्याप्ट् नबोदित साहित्यिक वाचनालय कतारले आफ्नो नियमित डबलीको ६८औ सृंखला भब्य रुपमा सम्पन्न गरेका छन् ।

अन्य कार्यक्रमभन्दा निकै फरक डबलीमा बिशिस्ट श्रोताको रुपमा दोहाका सामाजिक सस्थाहरुमा लामो समय देखी काम गरिरहेका सामाजिक व्यक्तित्व टेकनाथ बराल रहेका थिए भने तीनदर्जन भन्दा बढी साहित्यिक अनुरागीहरुले आआफ्नो गजल, कविताबाचन गरेका थिए ।

बिशिस्टश्रोतालाई खादा ओडाएर शुरु गरिएको कार्यक्रम रास्ट्रिय गान समेत गाइएको थियो । नयाँबर्षको पहिलो दिनभएकाले शुभकामना तथा प्रेम भाब बोकेका गजलकार बसन्त भुजेलको गजल बाट शुरु भएको कार्यक्रममा माधब भण्डारी,शेखर बस्नेत, इश्वर राई, सुबास सापकोटा, गोबिन्द उदासी, अविनाश सापकोटा, बिन्दा लामा, विजय योजित, भोला आचार्य, सुधामा कृष्ण, बिक्रम चेतनशील राई, इश्वर शाही,सन्तोष अधिकारि, दीप प्रदिप कुमार, यादब रेग्मी, माधब पौडेल, शुभ सन्ध्या, उमेश कालिकोटे, मणि पौडेल, लेख कार्की, श्यामराज रानाभाट,दीलिप पराजुली र सिताराम थापाले गजल सुनाएका थिएभने बेचन महतो, लिलानाथ घिमिरे, निराजन लुइँटेल र तिर्थ संगम राइले कबिता बाचन गरेका थिए ।

कार्यक्रममा अनेसास कतारका अध्यक्ष तिर्थ संगम राई र नबोदितवाचनालयका अध्यक्ष सिताराम थापाले नया सर्जकहरुलाई कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए ।

कार्यक्रमको अन्तिममा बिशिस्ट श्रोता टेकनाथ बारालले सम्पूर्ण सहभागीलाई नयाँबर्षको शुभकामना दिदै दोहाको परिबेशमा यो डबली यौटा नमुना बनेर जानेमा आफु ढुक्क भएको बताए ।

पहिले पनि समय अनुकुल आफु कार्यक्रममा उपस्थित भैरहेको जानकारी गराए । उनले भने साहित्य भनेको आफ्नो सस्कृति र परिबेशलाई हाम्रो आफ्नै दृष्टिकोण र शब्द मार्फत अरुसम्म पुर्याउने हो,जसले समाजलाई सहि दिशातर्फ मार्ग्निर्देशन गर्ने बताउदै कार्यक्रमको सयौ डबली पनि सुन्न पाइयोस भन्दै कार्यक्रमको समापन गरेका थिए ।    

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top