राजु मास्टर र बल्छी धुर्बेको तमासा (भिडियो सहित)


राजु मास्टर र बल्छी धुर्बेको तमासा (भिडियो सहित)

काठमाडौँ को बतासे डाडोको नजिकै पर्ने एक घरको ज्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् । 

प्रसङ्ग म्युजिक भिडियोको हो देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली "भेट्नलाई आउ है कान्छा "भन्ने बोल रहेको गीतको छायांकन सम्पन्न भै युटुबमा भिडियो सार्बजनिक भएको छ  ।

अहिले सम्मकै नया रुपमा अर्थात् आफ्नो बास्तबिक रुपमा पहिलो पटक कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ निर्देशक बिष्णु भट्टराईले प्रस्तुत गरेका छन्  ।राजु मास्टर , बल्छी धुर्बे ,आशा खड्का,दलबहादुर,राजु चौलागाई लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको भिडियोमा बासु बरालको छायांकन रहेको छ  ।

अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माण रहेको भिडियो काठमान्डौको नजिकै पर्ने बतासे डादो सेरो फेरोमा छायांकन गरिएको छ । केहि रमाइला र हास्यास्पद  सम्बाद सहित तयार गरेको भिडियो पक्कै पनि दर्शकलाई मनपर्ने निर्देशक बिष्णु भट्टराईको भनाइ छ  । 

यसभन्दा पहिले ३ ओटा गीत बजारमा ल्याइसकेका भएपनि गायक बिशाल बास्तोलाले यो गीत बाट दर्शक श्रोताको माया र साथ् पाउने बताउछन ।

हेरौ सार्बजनिक भिडियो

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top